पूर्वराजा ज्ञानेन्द्र शाह भारत जाने भएका छन् । उनी भारतयतिय पक्षसंग सम्बन्ध सुधार र विस्तारका लागि त्यसतर्फ जान लागेका हुन् ।
सपरिवार सहित भारत भ्रमणमा जान लागेको ज्ञानेन्द्रले भारतका उच्च अधिकारीहरुसंग भेटघाट गर्ने जनाईएको छ । उनीहरु सबै यही महिनाको अन्तिममा भारत भ्रमणमा जाने भएका छन् ।
भ्रमणमा पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वरानी कोमल शाह, छोरी प्रेरणा, नातिनीहरु पूर्णिका र कृतिका, नाति हृदयेन्द्रलगायत सबै भारत भ्रमणमा जान लागेका हुन् ।
उक्त भ्रमणकै लागि बुहारी हिमानी शाह बैंककबाट नेपाल फर्किदै छिन् । उनीहरू पश्चिम बंगाल हुँदै सिक्किममा केही समय बसेपछि त्यसपछि मुम्बई र दिल्ली पनि पुग्ने बताइएको छ ।
स्रोतका अनुसार यो पारिवारिक भ्रमण भए पनि अन्य विषयमा तथा भारतीय उच्च पदस्त अधिकारीसंगको भेटघाटमा पनि विस्तारित हुनेछ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।




















प्रतिक्रिया