Logo

समाचार

प्रधानमन्त्री ओली डिस्चार्ज भए, रिपोर्ट सामान्य



प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्य परीक्षणमा सबै रिपोर्ट सामान्य आएपछि डिस्चार्ज गरिएको हो।

नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण परिसरमा रहेको मनमोहन कार्डियोथाेरासिस तथा भास्कुलर सेन्टरको सिसियू कक्षमा भर्ना भएका प्रधानमन्त्री ओली करिब १० घन्टा अस्पताल बसेपछि डिस्चार्ज भएका हुन्।

प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा अरुण सायमीले भने,’सबै रिपोर्ट नर्मल छन्।’ प्रधानमन्त्री ओलीको मुटु लगायतका अंग परीक्षण गरिएको थियो। प्रधानमन्त्री ओली बिहान साढे १० बजे अस्पताल भर्ना भएका थिए।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार ०३:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।