Logo

शेयर बजार

आज देखियो नेप्सेमा रौनक, १६ अंकले उच्च वृद्धि



आज बिहिबार नेप्से १६ दशमलव एक अंकले बढेर ११ सय २७ दशमलव ७७ अंकमा पुुगेको छ । यसैगरी सेन्सिटिभ पनि तीन दशमलव ४३ अंकले बढेर दुुई सय ३९ दशमलव ७२ अंकमा पुुगेको छ । आज एक सय ७६ कम्पनीहरुको पाँच हजार चार सय ६१ वटा कारोबारमा ११ लाख ३९ हजार चार सय ८१ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम २९ करोड छ लाख ९८ हजार आठ सय ११ रुपैयाँ पुुगेको छ ।

आज १० वटा समुहको कारोबार भएकोमा उत्पादनमुुलक समुहको सुचक घटेको छ भने बाँकी नौ वटा समुहको सुचक बढेको छ । सो मध्ये उच्च अंकले बीमा समुहको सुचक बढेकाछन् । निर्जिवन बीमा समुहको सुुचक एक सय पाँच दशमलव २४ अंकले बढेर पाँच हजार चार सय ६५ दशमलव २१ अंकमा पुुगेको छ भने जीवन बीमा समुहको सुचक पनि एक सय ५९ दशमलव ३२ अंकले बढेर पाँच हजार नौ सय तीन दसमलव ७६ अंंकमा पुुगेको छ ।

वाणिज्य बैंक समुहको सुचक १३ दशमलव ९२ अंकले बढेर नौ सय ६३ दशमलव २३ अंकमा पुुगेको छ । यसबाहेक बिकास बैंक, जलबिद्युुत, फाईनान्स, होटल, अन्य र लघुुबित्त समुहको कारोवार सुचक पनि बढेकाछन् ।

कमाउने कम्पनीहरुको सुचमा आज राधीजलबिद्युुत कम्पनी, पुुर्णिमा बिकास बैंक आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा सेन्ट्रल फाईनान्स, घलेम्दी हाईड्रो पावर कम्पनी आदि परेकाछन् । यसैगरी रकम कारोबारका आधारमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल क्रेडिट एण्ड कर्मस बैंक आदि परेकाछन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार १४:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।