Logo

अन्तर्राष्ट्रिय

ठगी आरोपमा ट्रम्पका पूर्व क्याम्पेन म्यानेजर जेलमा



ठगी गरेको आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व क्याम्पेन म्यानेजर पल मनाफोर्टलाई जेल सजाय भएको छ ।
उनलाई ट्याक्स र बैंक ठगी गरेको आरोपमा दोषी पाइएपछि ४७ महिना जेल सजाय सुनाइएको हो ।

युक्रेनमा राजनीतिक कन्सल्ट गर्ने क्रममा उनले लाखौं डलर लुकाएको आरोपमा दोषी ठहर गरिएको छ । आगामी हप्ता पनि उनको अर्कै काण्डमा सुनुवाइ गरिँदै छ ।

अमेरिकी न्यायिक विशेष सल्लाहकार रोबर्ट मुलरले २२ महिने अनुसन्धान गरेका थिए । उनले ट्रम्पको चुनावी बेलाका गतिविधिप्रति अध्ययन गरेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार ०४:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।