Logo

विविध

फाल्गुन २६ गते आइतबारको राशिफल



मेषः–अनावस्यक गतिविधि घट्ने छन् । दैनिक काममा प्रगति हुनेछन् । व्यापार व्यवसामा सुधार आउनेछ । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । उद्घाटन कार्यक्रमको निमन्त्रणा आउनेछ ।

वृषः– समयले कम साथ दिनेछ । जोखिम पूर्ण काममा हात नहाल्नु होला । सुरक्षित यात्रा अप्नाउनु होला,चोटपटकको भय देखिन्छ । दैनिक काममा अवरोध आउने देखिन्छ । व्यापार घट्नेछ भने खर्च बढ्नेछ ।

मिथुनः– समयले साथ दिनेछ । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । मिलेर काम नगर्नु होला । आफन्तबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

कर्कटः– ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । रोकिएका काम धेरै जसो अगाडि बढ्ने छन् । इच्छा शक्ति बढ्नेछ । आर्थिक उन्नतिका सम्भावना देखिने छन् । शत्रु कमजोर हुनेछन् । सामाजिक दायित्व बढ्नेछ ।

सिंहः–समयमा थोरै सुधार आउनेछ । रोकिएका काम विस्तारै अगाडि बढ्ने छन् । व्यापार व्यवसायबाट खासै लाभ हुने छैन । मानसिक तनाव कम भएर जानेछ । पढाईमा सुधार आउनेछ ।

कन्याः– प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । व्यापारमा गरेको लगानी डुब्न सक्छ । धन सम्पतिको विषयमा विवाद पर्न सक्छ । आलस्यता बढ्नेछ । आर्थिक पक्ष कमजोर बन्नेछ । विश्वास घात हुनसक्छ ।

तुलाः– शत्रु माथि विजय हुनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । स्वास्थ्य अनुकुल रहला । आर्थिक कारोवारमा सुधार आउनेछ । पारिवारिक सुख शान्तिमा वृद्धि हुनेछ । यात्रा हुनसक्छ ।

वृश्चिकः–सवैलाई आफ्नो ठान्नु गलत हुनेछ । लक्ष्य प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । ऋण लगानी नबढाउनु होला । व्यापार व्यवसायमा सुधार आउनेछ । प्रयत्नको प्रतिफल राम्रो निस्कनेछ ।

धनुः– दुविधामा नपरि काम गर्नु होला । समयमा निर्णय लिन सकिएन भने आफ्नो काममा अरुले अधिकार जमाउने छन् । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापारबाट सामान्य लाभ हुनेछ ।

मकरः– तन,मन र धनको कमजोर देखिन्छ । पारिवारिक समस्या बढ्नेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । दैनिक काम काजमा अवरोध आउनेछ । इज्जत लुट्न सक्छन् सजग भएर हिड्नु होला ।

कुम्भः– समयले साथ दिनेछ । साहास,धैर्यता र पराक्रम बढ्नेछ । सहयोग मिल्नेछ । अधुरा काम धेरै जसो सम्पन्न हुनेछन् । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

मिनः– लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको भर परेर काम गरेमा उपलब्धि हासिल कम हुनेछ । ऋण लगानी नगर्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । इज्जत,प्रतिष्ठाको ख्याल राख्नु होला ।

प्रकाशित मिति : फाल्गुन २५, २०७५ शनिबार  ६ : ३६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।