मेषः– अस्थिरताको पछि दौडिदा दुःख पाइनेछ । आफुमा भएको उर्जाको सहि प्रयोग गर्नु होला । घरपरिवारबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ ।
वृषः– दिन कमजोर देखिन्छ । घुमाई फिराई बढि उपलब्धि शून्य भन्दा फरक नपर्ला । लगानी गलत ठाँउमा पर्न सक्छ । मित्र भनेका शत्रु हुन सक्छन् । खर्चको मात्रा बढ्नेछ । व्यापार घट्नेछ ।
मिथुनः– समयले साथ दिनेछ । विदेशको चहाना बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ वचतमा जोड दिनु होला । सहयोगी मन भेटिनेछ । विरोधी परास्त हुनेछन् । पराक्रम घट्ने छैन ।
कर्कटः– कर्म गर्दा मर्म बुझि दिने कोहि हुने छैनन । आफ्नो काममा आफै अग्रसर भएर लाग्नु होला । नोकरी तथा राजनीतिमा आफ्नो भूमिकाको खोजी गर्नु होला । समाजमा इज्जति प्रतिष्ठा बढ्नेछ ।
सिंहः– समयमा सामान्य सुधार आउनेछ । काममा पूर्ण सफलता भने नमिल्न सक्छ । आम्दानी खर्च बराबरै जस्तो हुनेछ । सहकर्मीले धोका दिन सक्छन् सचेत रहनुहोला । आध्यात्मिक चिन्तन बढ्नेछ ।
कन्याः– सवैलाई समेटेर काम गर्न सकिने छैन । दुर्जनहरु सक्रिय हुनेछन् । धनमाल हराउन सक्छ । आम्दानी घट्ने तथा खर्च बढ्नेछ । गलत सोचाई बढ्नेछ । अनावस्यक काममा टाउको दुखाउनु पर्ला ।
तुलाः– आफुमा भएको उर्जा खेर जान नदिनु होला । पारिवारिक सहयोगमा काम हुनेछन् । नयाँ कामको अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । दिन दयालु भेटिने छन् । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।
वृश्चिकः– काममा दुर्जनको वक्रदृष्टि पर्ने पर्नेछ । इज्जतमा दाग लगाउन खोज्ने छन् सतर्क रहनु होला । व्यवसायिक आम्दानी बढ्नेछ । परिश्रमको फल मिल्नेछ । मुद्धा मामिलामा जीत हुनेछ ।
धनुः– यर्थाथ कुरा बुझ्न नसक्दा पछि परिनेछ । चित्त शान्ति हुने छैन । व्यापार व्यवसायबाट सोचे जस्तो आय हुने छैन । लेनदेनका विषयले तनाव बढाउनेछ । सहयोगी टाढा हुनेछन् ।
मकरः– व्यवहारिक कुरामा धेरै समय जानेछ । पारिवारिक समस्या बढ्न सक्छन् । आफन्तमा मनमुटाव बढ्नेछ । धन सम्पतिको नास हुनेछ । व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन ।
कुम्भः– समयको महत्वलाई बुझेर काम गर्नु होला । लगनशिल भई अगाडि बढ्नु होला अधुरा काम फस्र्योट हुनेछन् । व्यापारबाट आम्दानी बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला । विराधीको कारण लाभान्वित भईनेछ ।
मीनः– धन दिने लिने कुरामा बढि चनाखो हुनुहोला । लगनशिल भई गरेका काम सफल हुनेछन् । आफन्तका कारण केहि अप्ठ्यारो पर्न सक्छ समयमा सचेत हुनुहोला । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ ।




















प्रतिक्रिया