Logo

समाचार

प्याब्सनको राष्ट्रिय महाधिवेशन : अध्यक्षमा ढुंगाना र पुरीको उमेदवारी



निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १४ औं राष्ट्रिय महाधिवेशनमा डि.के.ढुंगाना र टीकाराम पुरीले अध्यक्षको उमेदवारी दर्ता गराएका छन्।

मंगलबार हुने महाधिवेशनका लागि दुई पटक महासचिव र पछिल्लो समय बरिष्ठ उपाध्यक्ष रहेका डिके ढुंगाना र यसअघि बरिष्ठ उपाध्यक्ष र अध्यक्षमा पराजित भएका टीकाराम पुरीबीच प्रतिस्पर्धा हुनेछ।

अध्यक्षका प्रत्यासी ढुंगाना प्याब्सनमा लोकप्रिय मानिन्छन्। निजी विद्यालयमा भएको अर्बौ रुपयाँको लगानीको संरक्षण र प्याब्सनलाई व्यवसायिक संगठन बनाउने, निजी क्षेत्रमा प्राविधिक विषयको पठनपाठन गराउन कानून मार्फत संवोधन गराउने लगायतका १४ वटा प्रतिवद्धता ढुंगानाले जनाएका छन्।

लायन्स क्लब इन्टरनेशनलको नेतृत्व संहालिसकेका ढुंगाना सामाजिक क्षेत्रमा पनि उत्तिकै परिचित छन्। अर्का प्रत्यासी पुरीले कम्पनीमा संचालित विद्यालयहरु कम्पनी अन्तर्गत नै चलाउन पाउने व्यवस्था गराउने प्रतिवद्धता जनाएका छन्।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार १३:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।