Logo

विविध

फागुन २८ गते मँगलबारको राशिफल



मेषः– प्रातःकाल भन्दा पछिको समय कमजोर देखिन्छ । आफन्तका कारण धन खर्च हुनेछ । प्रयत्न नगरि कुनै काम बन्ने छैनन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । भौतिक सुखमा कमि आउनेछ ।

वृषः–मध्यान्हबाट समय अनुकुल हुनेछ । काम गर्ने उत्साहा बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । आतिथ्यता ग्रहण गर्न पाईनेछ । दुर्जनहरु पछि पर्ने छन् ।

मिथुनः– मध्यान्ह पछि समयले साथ दिने छैन । परिवारमा मनमुटाव बढ्न सक्छ । आर्थिक समस्या झेल्नु पर्नेछ । राम्रो कुरा गर्दा नराम्रो हुनेछ । दुष्टहरु अगाडि पर्ने छन् । व्यापारमा गरेको लगानी डुब्न सक्छ ।

कर्कटः–विरोधी कमजोर बन्ने छन् । व्यापार व्यवसाय उकालो लाग्नेछ । थोरै प्रयत्न गरेमा बक्यौता रकम उठ्नेछ । ज्ञान आर्जन हुनेछ । सहयोगी मित्र भेटिने छन् । पराक्रम बढ्नेछ ।

सिंहः– काम प्रतिको लगाव बढ्नेछ भने खर्चमा कमि आउनेछ । नोकरी तथा राजनीतिमा नयाँ भुमिका मिल्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । रोकिएका अधिकाँश काम सम्पन्न हुनेछन् ।

कन्याः– समयमा सुधार आउनेछ । भाग्यले साथ दिनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । उपकारी काम हुनेछन् । घरमा बस्न मन लाग्ने छैन ।

तुलाः– काममा समस्या आउने देखिन्छ । व्यापारमा गिरावट आउनेछ । स्वास्थ्य कमजोर बन्नेछ । मुखको सहयोग धेरै पाईनेछ भने व्यवहारिक सहयोग मिल्ने छैन । संचित धन नचलाउनु होला ।

वृश्चिकः– नयाँ काम हात लाग्नेछ । जीवन साथीको सहयोगमा महत्वपूर्ण काम सफल हुनेछन् । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

धनुः– अरुको भर विश्वास नगर्नु होला । विरोधीबाट काममा अवरोध आउन सक्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । मुद्धा मामिलामा जीत हुनेछ । आर्थिक कारोवारमा सुधार आउनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

मकरः– समयमा सामान्य सुधार आउनेछ । समस्या घट्ने छन् । प्रेम आशक्ति बढ्नेछ । व्यापार व्यवसायबाट सामान्य खालको लाभ हुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । अलमलमा नपरि काम गर्नु होला ।

कुम्भः– रिस,क्रोध र अंहकार नियन्त्रण गरेर काम गर्नु होला । पारिवारिक खर्च बढ्नेछ । समयमा काम हुने छैनन् । शारीरिक शिथिलता बढ्नेछ । व्यापारमा मन्दि आउनेछ । विश्वास गरेकाले धोका दिने छन् ।

मिनः– धेरै समस्याको छिनोफानो हुनेछ । भाई बन्धुबाट सहयोग मिल्नेछ । उद्योग,पराक्रम बढ्नेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पठन पाठनमा प्रगति हुनेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार १७:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।