Logo

लुम्बिनी प्रदेश

बर्दियामा एक शिक्षक प्रहरी नियन्त्रणमा



बर्दियामा एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मधुवन नगरपालिकाको एक विद्यालयमा अध्यापन गराउने शिक्षक सञ्जय झालाई शोधपुछका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिईएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई आनावश्यक स्टाटस मार्फत पटक पटक सार्वजनिक महत्वका विषयमा टिप्पणी गरेको र पछिल्लो राजनीति घटनाक्रमसँग मेल खाने अभिव्यक्ती दिने गरेको आरोपमा नियन्त्रणमा लिईएको प्रहरी जनाएको छ।

शिक्षक सञ्जय झाले सागर हिरा नाम गरेको फेसबुक आईडी चलाउने र अनावश्यक स्टाटस लेख्ने गरेको बताईएको छ । उनका पछिल्ला स्टाटस र लाईक कमेन्टहरुलाई आधार मानी आवश्यक सोधपुछका निम्ती नियन्त्रणमा लिईएको केही समय पछि तारेखमा छाडिने बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार १४:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।