शान्तिनगरस्थित ग्लासियर इन्टरनेशनल स्कुलको आइरिस फ्लोरेट्स मन्टेश्वरी उद्घाटन भएको छ । स्कुल कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले शनिबार उद्घाटन गरेका हुन् ।
स्कुल उद्घाटन गर्दै सांसद थापाले ग्लासियर स्कुलले विद्यार्थीको सिकाई पद्धतिलाई नयाँ विषयका साथ प्राथमिकता दिनु पर्ने बताए । उनले बालबालिकालाई सधै प्रथम हुनुपर्छ भन्ने दबाब नदिई प्रतिस्पर्धाबाट नभाग्ने बनाउन आग्रह गरे । वालवालिका भोली के बनाउने भन्नेमा अभिभावक र विद्यालयको हात नभएको तर कस्तो बनाउने भन्ने विषयलाई प्राथमिकता दिन आग्रह गरे ।
ग्लासियर नेटवर्कका अध्यक्ष दिलिपकुमार बिष्टले ग्लासियर इन्टरनेसनल स्कुलले आइरिसको ब्यबहारिक शिक्षालाई प्रयोगमा ल्याउन खोजेको बताए । उनले सिद्धान्त र ब्यवहारबीचको खाडल कम गर्न आइरिस फ्लोरेट्सको स्कुल सफल हुने बताए ।
विद्यालयका प्रिन्सिपल दिवस शाक्यले नव उद्घाटित स्कुलले अविभावक र विद्यालय बिचको निरन्तर सम्पर्कले नै उत्कृष्टता प्रदान गर्ने बताए । उनले ग्लासियरमा सर्वसुलभरुपमा अन्तराष्ट्रियस्तरको शिक्षा दिन खोजेको बताए । उनले भने,‘हामीले वालवालिकालाई खेलाउँदै, घुमाउँदै फरक हिसाबले सिकाउँछौं ।’ उद्घाटन कार्यक्रम पछि मन्टेश्वरीका विद्यार्र्थीहरुले विभिन्न गायन, नृत्य र कराँते प्रस्तुत गरेका थिए ।




















प्रतिक्रिया