Logo

विविध

चैत्र ८ गते शुक्रबारको तपाईको राशिफल



मेषः– समय परिस्थितिको ख्याल गरेर अगाडि बढ्नु होला । सवैलाई आफ्नो ठान्नु गलत हुनेछ । साझेदारी काम विग्रिन सक्छन् । परिवारको सहयोग लिएर काम गर्नु होला । परिश्रमको प्रतिफल मिल्नेछ ।

वृषः– आत्मबल बढ्ने । परिश्रमको फल पाईनेछ । कारोवारमा ध्यान दिनु होला । व्यापार व्यवसायमा सम्भावना राम्रै देखिन्छ । विवादमा नफस्नु होला । अध्ययन अध्यापनमा थोरै ध्यान जानेछ ।

मिथुनः– शारीरिक शिथिलता बढ्नेछ । अतिथि खर्च बढ्नेछ । उपलब्धिका काममा विलम्ब हुने वा विग्रिने सम्भावना देखिन्छ । पारिवारिक खर्च बढ्नेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

कर्कटः–सामान्यतया आजको दिन अनुकुल जस्तै देखिन्छ काम काजमा विलम्ब नगर्नु होला । समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । मित्रको सहयोग पाईनेछ ।

सिंहः– समयको गति सगै काममा सुधार आउनेछ । व्यापार व्यवसायबाट थोरै आम्दानी बढ्नेछ । आफन्तको सहयोग अल्प मिल्नेछ । काम गर्दा अरुका कुरा धेरै नसुन्नु होला । दुविधा मुक्त भएर अगाडि बढ्नु होला ।

कन्याः– शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । कार्य क्रमको लागि आमन्त्रण हुनेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । घर परिवारबाट सामान्य सहयोग मिल्नेछ । नयाँ क्षेत्रमा लगानी नगर्नु होला ।

तुलाः–भावावेगमा काम नगर्नु होला क्षति धेरै हुनसक्छ । योजना बनाएर अगाडि बढ्नु पर्ने देखिन्छ । गरेका अधिकाँश काम असफल हुनेछन् । काम गरेर नाम जश खरानी धस हुनेछ । खर्च बढ्नेछ ।

वृश्चिकः– समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै होला । आफन्तको सहयोग मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । मित्र सँग भेटघाट हुनेछ ।

धनुः– समयमा गरेका कामले फाइदा आफुलाई घाटा अरुलाई हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आर्थिक कारोवारमा सुधार आउनेछ । नोकरी तथा राजनीतिबाट लाभान्वित हुनुहुनेछ ।

मकरः– समयमा विस्तारै सुधार आउने देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । इच्छा शक्ति बढ्नेछ । धर्म कर्मतिर मन जानेछ । उपकारी काम हुनेछन् । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् ।

कुम्भः– कामले अझै गति लिने देखिन्न । काममा ढिला सुस्ति हुनेछ । काम गरेर फाइदा लिन सकिने छैन । स्वास्थ्यमा समस्या आउन सक्छ । व्यापारमा आएको मन्दि कायम रहनेछ । अनावस्यक विषय बस्तुमा टाउको दुखाउनु पर्ला ।

मिनः– नयाँ नयाँ कार्य योजना अगाडि आउने छन् विचार पु¥याएर अगाडि बढ्नु होला । पढाई लेखाईमा प्रगति हुनेछ । पारिवारिक सहयोग अल्प मिल्नेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार ००:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।