Logo

खेलकुद

महिला साफ च्याम्पियनसिपः नेपाल भारतसँग पराजित



भारतले पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ। विराटनगरस्थित सहिद रंगशालामा सम्पन्न फाइनलमा नेपाललाई ३-१ ले हराउँदै भारतले लगातार पाँचौ पटक उपाधि जितेको हो।भारतको जितमा डालिमा छिपर, ग्रेस डाङमे र अञ्जु तामाङले गोल गरे। नेपालका लागि साबित्रा भण्डारीले एक गोल फर्काइन्।

खेलको सुरूवातबाट नेपालले दबाब बनाए पनि अग्रता भारतले लिएको थियो ।खेलको २६ औं मिनेटमा डालिमा छिपरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन्। उनले ३० यार्ड टाढाबाट हानेको फ्रिकिक प्रहारलाई गोलकिपर एन्जिला तुम्बाप्पोले बचाउन सकिनन्।

लगत्तै नेपाल सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन्। खेलको ३३ औ मिनेटमा सावित्राले हेडमार्फत गोल गरेकी हुन्। उनले गिता राईको पासलाई सदुपयोग गर्दै गोल गर्न सफल रहिन्।

पहिलो हाफको ईन्जुरी समयमा फरवार्ड सावित्रा वान भर्सेस वानमा गोल गर्न चुकिन् । उनले प्रहारलाई भारतीय गोलकिपरले असफल बनाउन सफल रहिन् ।

खेलको ६३ औं मिनेटमा भारतकी ग्रेस डाङमेयी ले गोल गर्दै भारतलाई २–१ को अग्रता दिलाएकी थिइन्। त्यसपछि ७७ औं मिनेटमा अञ्जु तामाङले गोल गर्दै अग्रता दोब्बर पारिन्। त्यसपछि नेपालका तर्फबाट गोलका केही राम्रा प्रयास भए पनि गोल हुन नसक्दा घरेलु मैदानमै पराजित हुनुपर्‍यो।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार ११:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।