Logo

समाचार

हुरेक रोल्पाद्धारा शिक्षकहरुलाई पुर्नताजकी तालिम



मानव अधिकार सचेतन केन्द्र हुरेक रोल्पाले नेपाली शिक्षकहरुलाई पुर्नताजकी तालिम शुक्रवार देखि छ दिनसम्म सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पामा सञ्चालन गर्न लागि रहेको छ ।

सुनिलस्मृति गाउँपालिका शिक्षा समिति सदस्य तथा वडा नं. ५ का वडा अध्यक्ष नमराज थापाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रमको अध्यक्ष भने वडा नं. ४ का वडा अध्यक्ष गञ्ज बहादुर क्षेत्री रहनुभएको थियो ।

कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथी थापाले भन्नुभयो हुरेक रोल्पाको शिक्षा संग सम्बन्धित तालिम मैले पनि लिएको छु मैले उक्त तालिमबाट धेरै कुराहरु सिकेको छु मैले सिकेका कुराहरु हजुरहरुसँग राख्दै पनि आइरहेको छु ।

यो तालिमबाट पनि हजुरहरुले धेरै सिक्नुहुनेछ र विद्यालयमा पुगेर विद्यार्थीहरुलाई सिकाउनमा धेरै नै महत्वपूर्ण भुमिका खेल्ने छ र हजुरहरुले सिकाउनु हुनेछ भन्ने मैले विश्वास समेत लिएको छु । तालिमलाई केवल तालिमको रुपमा मात्र सिमित नराखी तालिमको महत्वलाई बुझ्दै आफ्नो विद्यालयलाई उत्कृष्ट बनाउनमा यहाँहरुको भुमिका अहम रहनेछ भन्ने कुरालाई समेत मैले विश्वास लिएको छु ।

त्यसैगरि कार्यक्रमका अध्यक्ष तथा वडा नं. ४ का वडा अध्यक्ष गञ्ज बहादुर क्षेत्रीले भन्नुभयो शिक्षा क्षेत्रको परिवर्तनका लागि यहाँहरुको भुमिका अतुलनिय रहेको र यस तालिमले पनि अझै प्रभावकारी हुने छ भन्ने मैले विश्वास लिएको अध्यक्ष क्षेत्रीले भन्नुभयो ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र मानव अधिकार सचेतना केन्द्रद्धारा सञ्चालित हामी सिक्न सक्छौ परियोजनाको प्रारम्भिक कक्षा पठन सीप विकासका लागि शिक्षक पुर्नताजकी तालिमको सहजिकरण सुनिलस्मृति गाउँपाका शिक्षा शाखा प्रमुख केशवराज पोख्रेलले गरिरहनु भएको छ भने कार्यक्रमबारे हुरेक रोल्पाका विशाल आचार्य ले गर्नुभएको थियो कार्यक्रम सञ्चालन अस्मिता थापा गर्नुभएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार १२:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।