Logo

खेलकुद

आईपीएलको १२ औं संस्करण आजदेखि सुरु



इन्डियन प्रिमियर लिग आईपीएलको १२ औं संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंङलोर भिड्दै छन् ।

भारतीय क्रिकेट टोलीका सबैभन्दा सफल कप्तान महेन्द्र सिंह धोनी र वर्तमान कप्तान विराट कोहलीबीचको खेल आज साँझ साँवा ८ बजेदेखि सुरु हुनेछ ।

आईपीएल इतिहासमै सबैभन्दा सफल टिम चेन्नई साविक विजेता पनि हो । उसले अहिलेसम्म ३ पटक उपाधि जितेको छ भने ४ पटक उपविजेता बनेको छ । विराट कोहलीले नेतृत्व गरेको बैंङ्लोरले भने अहिलेसम्म उपाधि जितेको छैन ।

यसपटक आईपीएलमा ८ टिम सहभागी छन् । चेन्नइ र बैंङ्लोरसँगै मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र किंग्स इलाभेन पन्जाव प्रतियोगितामा सहभागी भएका छन् । नेपाली युवा स्टार सन्दिप लामिछाने दिल्ली क्यापिटल्सबाट खेल्दैछन् ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार १०:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।