Logo

विविध

चैत्र १६ गते शनिबारको तपाईको राशिफल



मेषः– रोकिएका कामले गति लिनेछ । धार्मिक काममा रुची बढ्न सक्छ । पढाई लेखाईमा प्रगति हुनेछ । गएका ठाँउमा स्वागत सत्कार मिल्नेछ । अरुबाट सहयोगको अपेक्षा धेरै नगर्नु होला । राजनीतिक अपराधी भेटिन सक्छन् ।

वृषः– आफुले सोचे जस्तो कहि कतै हुने छैन । अनावस्यक झन्झट आइलाग्नेछ । भविष्यको चिन्ताले सताउनेछ । बाह्य उपलब्धि विहिन काममा समय खर्च हुनेछ । आर्थिक समस्या झेल्नु पर्ला । आय व्यय बराबरै होला ।

मिथुनः– पारिवारिक समस्याले पिरोल्नेछ । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । नयाँ कामको शुरुवात नगर्नु होला पछि समस्या आउनेछ । साथी भाई आफन्तबाट अपमानित हुनुपर्ला ।

कर्कटः– पुराना समस्या केहि समाधान हुनेछन् । आयत निर्यात व्यपार व्यवसायबाट आम्दानी बढ्नेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ । जीवन साथीको सहयोगमा महत्वपूर्ण काम हुनेछ ।

सिंहः–शत्रुहरुको सक्रियता बढ्नेछ । सहज रुपमा काम हुने छैनन । साना साना काममा पनि बढि खटिनु पर्नेछ । ऋणमा काम नगर्नु होला । लगनशिल भई गोपनियता अप्नाई गरेका काम सफल हुनेछन् ।

कन्याः– समयमा निर्णय लिन सकिएन भने अवसर गुम्न सक्छ होशियार रहनेहोला । समस्याबाट टाढा बस्न पाईने छैन । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । मित्रबाट सहयोग अल्प मिल्नेछ ।

तुलाः– समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । दैनिक काम काजमा अवरोध आउन सक्छ । गलत विचार बढ्नेछ । खर्चालु काम बढि हुनेछन् । व्यापारबाट आम्दानी घट्नेछ । उपभोग्य बस्तु खरीद हुनेछ ।

वृश्चिकः– कार्य क्षमता बढ्नेछ । आफ्नै बाहुबलबाट धेरै कामको टुङ्गो लाग्नेछ । वित्तिय कारोवारमा सुधार आउनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । बाह्य कुरा धेरै नसुन्नु होला ।

धनुः– दिन मध्यम खालको देखिन्छ । आफ्ना आन्तरिक कुरा कसैलाई नखोल्नु होला । मिलेर काम नगर्नु होला आफैलाई घाटा हुनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ होला । प्रयत्नपूर्व गरेका काम सफल हुनेछन् ।

मकरः–अन्योलता हटेर जानेछ । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । व्यापर व्यवसायमा सामान्य सुधार अउनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिनको लागि निमन्त्रणा आउन सक्छ ।

कुम्भः– दिन प्रतिकुल देखिन्छ । अनावस्यक खर्च वृद्धिले ऋण बढ्न सक्छ । रोग,शोक र भयले सताउनेछ । आफन्तबाट विश्वास घात हुनसक्छ सतर्क रहनु होला । व्यापार,व्यवसायबाट आम्दानी घट्नेछ । मिथ्या कुराले सताउनेछ ।

मिनः– कुटनैतिक क्षेत्रमा सफलता मिल्नेछ । एजेन्सिका कामबाट लाभान्वित हुनुहुनेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । आर्थिक उन्नति उच्च दरमा वृद्धि हुने देखिन्छ । मान्यजनको सहानुभूति मिल्नेछ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार ०१:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।