Logo

प्रमुख समाचार

काठमाडौं छोड्दै प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी ओली आज र भोलि मोरङ र झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् ।काठमाडौंबाट विराटनगर अवतरण गरेर प्रधानमन्त्री ओलीले आज सवा १२ बजे मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इन्जिनियरिङ कलेजको उदघाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजत जयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्नेछन् ।

यसैगरी अपरान्ह ३ बजे प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रको दमक नगरपालिका परिषरमा आयोजना हुने प्रदेशन नं. १ स्तरीय साहित्यिक, प्राज्ञिक गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि प्रधानमन्त्री ओलीले नगरपालिका भवनको उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले आजै मदन भण्डारी रंगशाला सम्बन्धि सरोकारवालाहरूसंग छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ ।त्यसपछि प्रधानमन्त्री ओलीले गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरूसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी भोली चैत १८ गते बिहान ८ बजे दमक रेडक्रस हलमा आयोजना गरिएको नगर र वडा कमिटीको सपथ तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेको छ ।त्यसपछि प्रधानमन्त्री ओलीले दमकमै निर्माण गरिएको पशुपंक्षी हाट उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले दिउँसो साढे १२ बजे भारतीय राजदूतावासको सहयोगमा निर्माण भएको गौरादह नगरपालिकास्थित स्कूलचौन माविको भवन उद्घाटन र हस्तान्तरण गर्नेछन् । त्यसपछि प्रधानमन्त्री ओली भद्रपुरबाट काठमाडौं फर्कर्नेछन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आईतवार ०३:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।