Logo

प्रदेश न. १

बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो ।



पूर्व -पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा आइतबार बिहान यात्रुबहाक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वतर्फ जाँदै गरेको को २१ प ५९९१ मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३४१० नम्बरको बसले सलकपुर चोकमा बिहान ८ बजेतिर ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । 

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा-७ का ४० वर्षीय विजेस लिम्बूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइपुर्‍याए पछि बिहान ९ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ । 

प्रकाशित : १४ मंसिर २०७७, आइतबार