Logo

विविध

२०७५ साल चैत १८ गते सोमबारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- ईमान्दार तथा लगनशिल भएर लाग्नाले समाजमा राम्रा काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरि सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्र तथा बित्तिय क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहेकोछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- अध्ययनमा मन जानेछ भने अध्ययनकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । राज्यको मेकानिजम्भित्र बसेर काम गर्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तक तथा सहयोगीको सल्लाहले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने जागिर गर्नेहरुका लागि सयय उत्तम रहेकोछ । प्रेममा आफ्नो भावना साटासाट गर्ने बाताबरण बन्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- समयमा काम सम्पादन नहुँदा निरासा छाउँनेछ । बन्द व्यापारमा मन्दि आउँने तथा आर्थिक संकटको सामाना गर्नु पर्नेछ । कष्टकर यात्रा नहोला भन्न सकिन्न । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । आफन्त तथा घरपरिवारका मानिससँग मनमुटाब सिर्जना हुने योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाईलेखाईमा मन जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले गोप्य रिपोर्टहरु बाहिर आउँने तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धोका तथा मनमुटाब सिर्जना हुने योग रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- बिद्या तथा कुनैपनि प्रतिपर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिलाशी तथा भौतिक बस्तुका प्रयोग गर्न पाईनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन हुने तथा व्यावसायकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । प्रेमील जोडहिरुका लागि समयले साथ दिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- उपहार तथा भौतिक सम्पति हातलागि हुने योग रहेकोछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा यात्रा हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापारबाट भनेजस्तो आम्दानि हुनेछ । नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । मामा तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेमको गाठो कसिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :-राजनितिज्ञ तथा समाजसेवीका लागि समय मध्ययम रहेपनि कृषक तथा जागिर गर्नेहरुका लागि समय उत्तम रहेकोछ । घरजग्गा तथा सवारि साधन सम्बन्धि विवादमा सामेल नहुनुहोला । अध्ययनमा मन नजादा अरुनै हावी हुनेछन् । स्वास्थ्यमा समस्या आउँनाले दैनिक काम प्रवावित हुनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :-साहसी तथा पराक्रमि काम गरेर प्रशस्त लाभ लिन सकिनेछ । भौतिक साधन स्रोत जुट्नाले काम गर्न सहज हुनेछ । न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा पार्न सकिनेछ । मध्यान्हबाट सयम मध्ययम रहेकोले आमा तथा आफन्त सँग टाडिएर यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । सवारि साधको प्रयोग गर्दा वा जग्गा सम्बन्धि काम गर्दा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- बोलीको प्रभाव बढ्ने तथा बोलेरै धेरै रुपैया पैसा कमाउँन सकिनेछ । मेहनेतले प्रतिष्पर्धिहरुलाई जित्न सकिनेछ भने अध्ययनमा सफलता हात पार्न सकिनेछ । सत्रु तथा बैरभाव राख्नेहरु कमजोर हुनेछन् । छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ । लेखन तथा साहित्यको क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- बिहानको समय मध्ययम रहेकोले दुर्भाग्वस आँटेको काम रोकिन सक्छ । अवसर सँगै चुनौतिको पनि सामना गर्नु पर्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले माया प्रेममा रमाउँदै दिन व्यातित गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- बिहानको समयमा लामो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि समय राम्रो रहेकोछ । मध्यान्हबाट राजनिति तथा समाजसेवामा भनेजस्तो समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेकोछ । खोजीमुलक क्षेत्रमा रुची बढ्ने तथा अध्ययनमा मन जानेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- बिहानको समय राम्रो रहेकोले नोकरि तथा कार्यक्षेत्रमा तपाईको प्रस्तुती गहन हुनेछ । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृड हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । तापनि लामो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आईतवार १७:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।