नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले अधिनायकवाद, भ्रष्टाचार र बलात्कारमा लिप्त सरकारका विरुद्ध लड्ने समय आएको बताएका छन। सरकारले काम गर्छ कि भनेर धैर्य गर्यौ तर सरकारले कामको साटो कान्डहरु मच्चाउदै गएको छ अब हामीले यो सरकारले बिकाश गर्छ कि भनेर चुप लागेर बसे मुलुक अस्तब्यस्त हुने शाहले प्रष्ट पारे।
पुर्व उपाध्यक्ष शाहले सरकारले कमिसनको लोभमा परेर संकटकाल घोषणा गर्न खोजेको पनि आरोप लगाएका छन। मंगलबार राजधानीको रिपोर्टसक्लबमा ११ विद्यार्थी संगठनले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष शाहले संकटकाल घोषणा गरेर हतियार किन्ने बहानामा सरकारले कमिसन खाने खेल रचेको जिकिर गरे।
उनले बिप्लबलाई लगाइएको प्रतिबन्ध संबिधान र कानुन बिपरित भएको भन्दै तत्काल खारेज गर्न सरकार सँग माग पनि गरे। शाहले नेत्र बिक्रम चन्द नेतृत्वको बिप्लब माओवादीले हिंसात्मक गतिविधि बन्द गर्नु पर्ने पनि उल्लेख गरे। उनले दुबै पक्षले अब नेपालले द्वन्दलो सामना गर्न नस्क्ने बुझेर बर्ता र सहमतिबाट निकाश खोज्नु पर्ने पनि बताए।




















प्रतिक्रिया