अहिलेका विद्यार्थीहरु चिटिङ गर्न सिपालु हुन्छन् । तर मलाई चिटिङ गर्नु छैन । ‘मलाई सर्टिफिकेट चाहिएको होइन ज्ञान चाहिएको हो । एसईई परिक्षा दिनु अगाडि सांसद शान्ता चौधरीले भनेकि थिइन् ।
उनले परीक्षा सकेपछि चिटिङ नगरेको प्रतिक्रिया दिइकी छिन् । उनले भनिन्, परीक्षा हलभित्र पनि निकै कडा थियो । अलिकता बोल्न खोज्यो भने केन्द्राध्यक्ष नजिकै आईपुग्ने । परीक्षामा कडाई भएपनि केटाहरुले जकेट पछाडिको टोपीमा लुकाएर मोवाइल लग्ने, जुत्तामा मोवाइल लुकाउने गर्थे।
अनि सरहरुले चिट पनि खोसेर राख्नुभएको देखे तर मैले चाहि चिट चोरिन, मलाई त चिट लग्ने आँटै आएन । मैले चिट लगेंभने र भेटायो भने त मेरो जतिको बेइज्जत कसैको हुँदैन भन्ने पनि भयो । त्यसकारण पनि मैले मेहनत गरेरै लेखेको छु ।’
परिक्षा दिनु अगाडि परिक्षाको तयारी कस्तो छ भनेर सोध्नेहरुलाई जवाफ दिएर हैरान बनेकी चाैधरीलाई परीक्षा सकेर सिंहदरवार फर्केपछि धेरैले सोध्ने एउटै प्रश्न बनेकाे छ–‘तपाईको एसइई सकियो ? परिक्षा कस्तो भयो ? उनले दिने एउटै जवाफ छ ‘राम्रो भयो ।’
सांसद शान्ता चौधरी र नायिका करिश्मा मानन्धर यस वर्षको एसईई परिक्षाका सेलिब्रेटि परीक्षार्थि थिए । सांसद चौधरीलाई करिश्मासँगै एउटै कलेजमा पढ्ने असाध्यै रहर छ । उनले करिश्मालाई फोनैबाट परिक्षा कस्तो भयो भनेर सोधिन । जवाफ आयो ‘राम्रो भयाे’। करिश्मालाई सांसद चौधरीले भनिन्, ‘पास भएपछि हामी दुवै एउटै कलेज पढ्नुपर्छ है ।’ परिक्षा भरी मडियामा बाेल्दाकाे हैरान भएका यी दुई एसईई सेलिब्रेटिलाई अहिले पनि भ्याई नभ्याई छ ।
शान्ताको परिक्षा सेन्ट्रर महेन्द्र बहुमुखी क्याम्पसमा परेको थियो । आफु पास हुनेमा उनी ढुक्क छिन् । उनी भन्छिन्, ‘परीक्षा राम्रो भएको छ । पास त हुन्छु । अब पढाइ जारी रहन्छ ।’
केही विद्यार्थी सर्टिफिकेटका लागि पढिरहेका छन् । उनी भने ज्ञानको लागि पढिरहेकी छिन् । पढ्न नपाएको भोक मेटाइरहेकी छिन् । र, पढेर समाजका लागि केही गर्न खोजिरहेकी छिन् । पास मात्रै हुनु मेरो लक्ष्य होइन ।’ उनी भन्छिन् ।
उनी ३८ वर्षकी भइन् । कक्षामा आठ पढ्दाताका उनलाई सकस भएको थियो । मान्छेले गिज्जाउथे । सुरुसुरुमा अलि अप्ठ्यारो भयो । छोराछोरीको उमेरसँग बसेर पढ्न गाह्रो भयो । मेरो कारणले धेरैले पढ्न पर्छ भन्नु भएको बल्ल बढ्न पाउनु भएको छ ।
‘मेरो उदाहारण दिएर पढ्न थालेका छन कतिले ।’ उनी भन्छिन् ।पढाइको भाषा र राजनीतिमा धेरै फरक देख्छिन उनी । उनी भन्छिन्, ‘राजनीतिका लागि भाषण गरेजस्तो सजिलो हुदोरहेनछ पढाइ । परीक्षा भनेपछि डर चाहिँ लाग्ने रहेछ ।
चौधरीलाई आफ्नै संघर्षको कथा सम्झदा अजिब लाग्छ । उनी भन्छिन्, ‘हिजो गिज्जाउनेहरुले अहिले प्रशंसा गर्छन् ।’
विद्यार्थीले जस्तो तालिकाअनुसार पढ्न राजनीतिज्ञलाई सजिलो हुँदैन । तर पनि सकेसम्म पढ्ने वातावरण मिलाउने गर्छिन् उनी । पिएचडी समेत गर्ने सोच राखेकी चौधरी भन्छिन्, ‘समय व्यवस्थापन गर्ने आफूले हो । समयको व्यवस्थापन गर्न नसकेको समस्या मसँग छ,’बचपन पढ्न पाइनन् । कमलरी बसेर हुर्किएकी शान्ताले दुःखको मेलो पनि हिडेकी छिन् । तर अशिक्षाको बाबजुद पनि उनले राजनीतिमा संघर्ष गरिन र सिंहदरबारसम्म पुगिन ।
‘राजनीति गर्ने मान्छेलाई जनताको काम र पार्टीको काम गर्नुपर्ने हुन्छ । यसका बाबजुत पनि पढ्ने वातावरण मिलाउन कोसिस गर्छु ।’दुःखका दिनहरु उनले धेरै भोगिन । आठ वर्षको कलिलो उमेरमा कमलरी बसिन । २५ वर्ष सम्म जमीन्दारको घरमा कम्हलरी बसेर विना पैसा काम गरिन् ।
त्यसपछि विद्रोह गरी सामाजिक कार्यमा सक्रिय भइन । कम्हलरीबाट उम्किएपछि उनले अरु १७ जना कम्हलरीलाई आफैले मुक्त गराई शिक्षाको समेत व्यवस्था आफ्नै तर्फबाट गरिन् ।डाँडागाउँ चुप्लीबाटामा बिजुली बत्ती पु-याइन । २ सन्तानकी आमा चौधरी भूमि आन्दोलनमा लाग्दा जमीन्दारले उनीहरूलाई दुःख दिएको र आफू बस्ने छाप्रोमा आगो लगाइदिएको स्मरण गर्छिन ।




















प्रतिक्रिया