Logo

विविध

चैत्र २३ गते शनिबार तपाईको राशिफल



मेषः– समस्याको भारी विसाउने चौतारी फेला पर्नेछ । मध्यान्हबाट समयमा सुधार आउनेछ । अनावस्यक काम कम हुनेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ । निणर्य क्षमता र कार्य क्षमता बढ्नेछ ।

वृषः– प्रतिकुल बातावरण तयार हुनेछ । समम्भावना क्षीण भएर जाने छन् । घुमाई फिराई बढि उपलब्धि कम हुनेछन । फजुल खर्चको मात्रा बढ्नेछ । संरचना भत्किन सक्छन् । व्यापारमा गिरावट आउनेछ ।

मिथुनः– व्ययको तुलनामा आय बढि नै हुनेछ । उधारो रकम उठाउन सकिलो हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । उद्योग पराक्रम बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

कर्कटः– अन्धकारबाट उज्यालो तिर पाईला लम्किने छन् । अधिकार खोजीको लडाई जारी रहनेछ । अवरुद्ध काम अगाडि बढ्ने छन् । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । इज्जति प्रतिष्ठा बढ्नेछ ।

सिंहः– प्रातःकाल बढि नै प्रतिकुल देखिन्छ । समयमा पूर्ण सुधार अझै देखिदैन । आफ्नो अधिकारको संरक्षण गर्न गाह्रो हुनसक्छ । उपलब्धिका काम भन्दा बाह्य काम बढि हुनेछन् । छोटो दुरीको यात्रा हुनसक्छ ।

कन्याः– उपलब्धिका यात्रामा तगारो लाग्न सक्छ । चारै तिर लथालिङ्ग देखिनेछ । मनमा गलत विचारको जन्म हुनसक्छ । शारीरिक शिथिलता बढ्ने । फजुल खर्च बढ्नेछ । विश्वासको बाध भत्किनेछ ।

तुलाः– विवादको अन्त्य हुनेछ । सकरात्मक सोचको विकाश हुनेछ । थोरै प्रयत्न गर्नु होला नयाँ काम हात पार्न सकिनेछ । व्यापार व्यवसायमा उन्नति प्रगतिका सम्भावना बढि नै देखिन्छ । दामपत्य सुख मिल्नेछ ।

वृश्चिकः– भाग्य खोस्ने प्रयत्न हुनसक्छ सतर्क भएर काम गर्नु होला । सहज परिस्थितिमा काम हुने छैनन । प्रयत्न पूर्वक गरेका काम सफल हुनेछन् । विरोधीको बक्रदृष्टि पर्नेछ । आम्दानी बढ्नेछ ।

धनुः– गलत ठाँउमा धन प्रयोग हुनसक्छ सोच विचार गर्नु होला । चिन्ताले छोड्ने छैन । निर्णय क्षमता कमजोर देखिन्छ जसको फाइदा अरुले उठाउने छन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

मकरः– दुःख कष्ट हैरानी बढि हुनसक्छ । उत्तेजनामा आएर कुनै काम नगर्नु होला पछि पश्चताप गर्नु पर्नेछ । घरेलु खर्चमा वृद्धि हुनेछ । काम गरेर जश कमै मिल्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ ।

कुम्भः– बोलेर होइन गरेर देखाउने वेला आएको छ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काम गर्दा भने हेलचक्र्याई नगर्नु होला । विचारमा अडिग रहेर अगाडि बढ्नु होला ।

मीनः– समस्याको पोको फुकाउने ठाँउ हुने छैन । अरुको आशा र भरोसा कम गर्नु होला । आफ्नै प्रयत्नबाट मात्र काम हुनेछन् । कारोवारमा सचेत हुनु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार १७:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।