कर छलि गरेर राज्य दोहन गरिरहेको एनसेलको सिम बहिस्कारको अभियानले तिब्रता पाएको छ । पटक पटक कर तिराउनका लागी विभिन्न अभियान गर्दा पनि अटेरी गर्दै आएको एनसेललाई यस पटक भने जनतालेनै तह लगाउँने संकेत देखिएको छ ।
केहि दिन यता एनसेल सिम बहिस्कारको अभियानले निकै गति लिएको छ । विप्लव नेकपाका नेता एवं लाईफकोच नरबहादुर कार्कीले केहि दिन अघि कर नतिर्ने एनसेललाई जनतालेनै कारबाही गर्नु पर्छ भन्दै एनसेल सिम बहिस्कारको आन्दोलन गर्न अपिल गरेका थिए । त्यसलगत्तै स्वाभीमानी नेपालीहरुले उनको अभियानमा स्वस्फुर्त सहभागीता जनाइरहेका छन् ।
सामाजीक संजालमा एनसेलका सिम जलाएका र फिर्ता पठाएका तस्बिरहरु प्रसस्त देख्न सकिन्छ । हाल समाजीक संजाल फेसबुक प्रयोगकर्ताहरुले NO TAX NO NCELL को फ्रेमनै बनाएर एनसेल सिम बहिस्कारको लहर चलाएका छन् । सामाजिक संजाल एनसेल विरुद्धको तस्बिरले भरिए सँग एनसेल सँग नेपाली जनताको कति वितिष्णा रहेछ भन्ने कुरा प्रष्ट बुझ्न सकिन्छ ।




















प्रतिक्रिया