Logo

विविध

चैत्र २४ गते आइतबारको तपाईको राशिफल



मेषः– मनोवाञ्छित कार्य सफलताले मनमा उमङ्ग बढ्नेछ । समयको सदुपयोग गर्नु होला पछि गर्दा उचित प्रतिफल पाइने छैन । राजनीति उपलब्धि थोर हात लाग्नेछ । अतिथिको लागि निमन्त्रण आउनेछ ।

वृषः– समय त्यति अनुकुल देखिन्न दैनिक काममा नकरात्मक असर पर्न सक्छ । थोरै वुद्धि पुगेन भने श्रम खेर जानेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । झुट्टा आरोप लाग्न सक्छ ।

मिथुनः– समय सिमा भित्र काम गर्न सकिएन भने अवसर गुम्नेछ । तर समयमा गरेका कामबाट उपलब्धि हात लाग्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । आफन्तबाट सहयोग सल्लाहा मिल्नेछ ।

कर्कटः– समाज सेवा गर्न पाईनेछ । महत्वपूर्ण काम अगाडि बढ्नेछन् । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । लाभदायक र फलदायक काम हुनेछन् । गएका ठाँउमा स्वागत सत्कार मिल्नेछ ।

सिंहः– एकै पटकमा काम नहुन सक्छन् पुन प्रयास गरेमा सफल हुनुहुनेछ । उपकारी काम हुनेछन् । धार्मिक यात्राको सम्भावनालाई नकार्न सकिन्न । महिलाहरुबाट सहयोग लिएर काम गर्दा उत्तम हुनेछ ।

कन्याः– महत्वपूर्ण काम विग्रिन सक्छन् सचेत रहनुहोला । कार्य सम्पादनमा कठिनाई हुनेछ । परिवारिक सुख शान्ति कम मिल्नेछ । आम्दानीका स्रोत कमजोर बन्ने छन् । स्वास्थ्यमा समस्या आउन सक्छ ।

तुलाः– नयाँ नयाँ कार्य योजना अगाडि बढ्ने छन् । पारिवारिक सहयोगमा महत्वपुर्ण काम बन्ने छन् । राजनीति तथा नोकरीबाट लाभान्वित हुनुहुनेछ । आयत निर्यात व्यापारबाट आय आर्जन बढ्नेछ ।

वृश्चिकः–चिन्ताबाट चिन्तन र नोकरीबाट वाणिज्य तिर मन दौडिने छ । प्रतिश्पर्धाबाट फाइदा हुनेछ । नयाँ कामको वारेमा विचार विमर्श हुनेछ । बाहिरी सम्बन्धमा सुधार आउनेछ । ऋणमा काम नगर्नु होला ।

धनुः– ज्ञान आर्जनका बाटा खुल्नेछन् । काममा देखिएका समस्या कम हुनेछन् । वौद्धिक जगतसँग परिचित हुने अवसर आउनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । पुराना समस्याबाट पूर्ण मुक्ति भने मिल्ने छैन ।

मकरः–महत्वपूर्ण काममा अवरोध आउन सक्छ । शारीरिक एवं मानसिक दूर्वलता बढ्नेछ । नयाँ काममा प्रयास नगर्नु होला असफल हुनुहुनेछ । पारिवारिक खर्चमा वृद्धि हुनेछ । व्यापारमा मन्दि लाग्नेछ ।

कुम्भः– समयले साथ दिनेछ । कार्य क्षमता बढ्नेछ,आफ्नो काममा ध्यान केन्द्रित गर्नु होला । वित्तिय क्षेत्रमा सामान्य सुधार हुनेछ । अग्नि तत्व प्रधान कामबाट फाइदा भन्द वेफाइदा बढि हुनेछ । अरुको भरमा काम नगर्नु होला ।

मीनः– ढिलै भए पनि गरेका कामबाट लाभ हुनेछ । व्यापार व्यवसाय मन्दि गतिले अगाडि बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । शैक्षिक क्षेत्र कमजोर,नोकरी तथा राजनैतिक क्षेत्र बलियो देखिन्छ । पठन पाठनमा थोरै प्रगति हुनेछ ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार १६:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।