Logo

विविध

चैत्र २७ गते बुधबारको राशिफल



मेषः– कारोवारमा ध्यान दिनु होला । आकस्मिक अनायास खर्च वृद्धि हुनेछ । घरपरिवारमा सनातिना समस्या देखा पर्ने छन् । काम काजमा बाधा अवरोध आउने देखिन्छ । अरुको तुरुन्तै विश्वासमा पर्नु गलत हुनेछ ।

वृषः– काम गर्ने जोश जागर घट्ने छैन । आफन्तबाट सामान्य सहयोग पाईनेछ । रोकिएका अधिकाँश काम सम्पन्न हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । नयाँ काम हात पर्न सक्छ ।

मिथुनः–दिन कमजोर देखिन्छ । प्राप्त उपलब्धिलाई संरक्षण गर्न सकिने छैन । प्रयत्नहरु असफल हुनेछन् । विश्वासमा संकट उत्पन्न हुनेछ । वैदेशिक लगानी डुब्न सक्छ । अनावस्यक घुमाई फिराई बढि हुनेछ ।

कर्कटः– काम गरेर दाम कमाउने अवसर मिल्नेछ । आकस्मिक,अनायस धन हात पर्न सक्छ । काम गर्ने जोश,जागर घट्ने छैन । आफन्तको सहयोग अल्प मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य खालको आम्दानी हुनेछ ।

सिंहः– यति सजिलो सँग हुनेछन् काम बनेको आफैलाई पत्तो नलाग्न सक्छ । नयाँ कामको थालनि नहोला भन्न सकिन्न । काम गरेर प्रतिष्ठा आर्जन गर्न सकिनेछ । घर परिवारबाट सहयोग पाईनेछ ।

कन्याः– भाग्यले थोरै साथ दिनेछ । आस्था र विश्वास बढ्नेछ । बाहिरी काममा समय खर्च हुदा आफ्ना काम अधुरा रहने छन् । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । इज्जतको ख्याल राख्नु होला ।

तुलाः– आजको दिन पनि प्रतिकुल देखिन्छ । विना उपलब्धिका ठाँउमा विनाकारण खर्च गर्नु पर्ला । व्यापार व्यवसायमा गिरावट आउनेछ । राम्रो कुरा गर्दा नराम्रो हुन सक्छ । रिस,अहंकार र क्रोध बढ्नेछ नियन्त्रण गरेर अगाडि बढ्नु होला ।

वृश्चिकः– जीवन साथीको चहानानुसार भ्रमण हुनसक्छ । थोरै मेहनत धेरै पैसा,परिवारजनको सहयोग,माताको आशिर्वाद मिल्नेछ । आर्जन गरेको धनलाई संरक्षण गर्न भने गाह्रो पर्न सक्छ । व्यापार बढ्नेछ ।

धनुः– शत्रु लाग्न सक्छन्,काम गर्दा अत्यन्त चनाखो भएर अगाडि बढ्नु होला । उच्चमनोबलका साथ लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ । अन्तिम परिणाम सुखद निस्कनेछ ।

मकरः– विचारमा परिवर्तन आउनेछ । नयाँ कार्य योजनाहरुको बारेमा विचार विमर्श हुनेछ । पढाईमा ध्यान जाने छैन । उद्योग धन्दा बन्द व्यापारबाट अल्प लाभ हुनेछ । यात्राको सम्भावना देखिन्छ ।

कुम्भः– महत्वकाँक्षी योजना अगाडि नबढाउनु होला । संयमित भएर गरेका काम सफल हुनेछन् । लगानी नबढाउनु होला । मानसिक एवं शारीरिक दुर्वलता बढ्न सक्छ । आर्थिक कारोवारमा सजग रहनु होला ।

मिनः– काम गर्ने उत्साहा घट्ने छैन । प्रयत्न गरेमा उपलब्धि राम्रै हात लाग्नेछ । ढिला गरेमा उचित लाभ लिन सकिने छैन । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । पढाईमा मन जानेछ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलवार १६:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।