मेषः– उद्योग पराक्रम बढ्नेछ । सवै समस्याको समाधान आफै भित्रबाट खोजिदा राम्रो हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । साथि भाई इष्टमित्रबाट सहयोग मिल्नेछ ।
वृषः– अरुको भरमा कुनै काम नगर्नु होला । आफ्नै प्रयासमा काम बन्ने छन् । आर्थिक संरचनालाई नचलाउनु होला । स्थान परिवर्तन गर्न मन लाग्ने छ । आफन्तका कारण विवाद पर्न सकिन्छ ।
मिथुनः–आफ्नो काममा दत्तचित्त भएर लाग्नु होला अवश्यमेव सफलता मिल्नेछ । नोकरी तथा राजनीतिबाट लाभान्वित हुनुहुनेछ । साझेदारी काममा लगानी नबढाउनु होला । स्वतन्त्र व्यापारबाट लाभ हुनेछ ।
कर्कटः– व्यय विचार बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउन सक्छ । काममा भन्दा अनावस्यक काममा समय र धन लगानी हुने देखिन्छ । विवाद पर्न सक्ने कुरालाई पनि नकार्न सकिन्न ।
सिंहः– आय आर्जन बढ्नेछ त्यसलाई बचाएर राख्ने प्रयत्न गर्नु होला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउन सकिने छ । विरोधीसँगको लडाई जितिने छ ।
कन्याः– अधुरा रहेका कामले गतिलिने छ । नयाँ कामको अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । आर्थिक क्षेत्रमा पनि सुधारका संकेत देखिने छन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । मित्रबाट अल्प सहयोग मिल्नेछ ।
तुलाः– धार्मिक विश्वास बढ्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । अरुको काममा समय दिदा आफ्ना काम धेरै अधुरा रहन सक्छन् । काम गर्दा आफ्नो इज्जतको ख्याल राख्नु होला ।
वृश्चिकः– भाग्यमा अवरोध आउनेछ । अनावस्यक काममा समय खेर जानेछ । बन्न लागेका काम विग्रिने छन् । व्यापार व्यवसायमा गिरावट आउनेछ । स्वास्थ्यमा समस्या आउला । जोखिमबाट बच्नु पर्ने देखिन्छ ।
धनुः– काममा सामान्य समस्या देखिने छन् तर ती सवै प्रयत्नबाट समाधान भएर जानेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ । अर्थ अभावका कारण नयाँ काममा केहि ढिला सुस्ति हुनसक्छ । यात्रा हुनसक्छ ।
मकरः– सहज रुपमा काम हुने छैनन । विरोधीको सक्रियता बढ्ने हुदा काम गर्दा सजग रहनु होला । आफन्तसँग मन मुटाव बढ्न सक्छ । ऋण लगानी गर्दा विचार पु¥याउनु होला । व्यापारमा सुधार आउनेछ ।
कुम्भः– काम प्रतिको चासो बढे पनि के गर्ने के नगर्ने भन्ने कुरामा अलमल हुन सक्छ,जसको फाइदा अरुले उठाउन सक्छन् । व्यापार व्यवसायमा आफुले सोचे जस्तो प्रगति हुने छैन । पढाईमा सामान्य सुधार आउनेछ ।
मिनः– घरयासी कुरामा बढि केन्द्रित हुनु पर्ला । आलस्यता बढ्न सक्छ । अनावस्यक कुरामा अल्झिने सम्भावना बढि छ । व्यापार व्यवसायमा धेरै प्रगति हुने देखिन्न । मन चञ्चल हुन सक्छ । अतिथि सत्कार खर्च बढ्नेछ ।




















प्रतिक्रिया