पूर्वसांसद गायत्री साहले डाक्टरको लापरबाहीले डाउन सिन्ड्रोम अर्थात शारीरिक विकास कम भएको बच्चा जन्मिएको थाहा पाएपछि बच्चा अस्पतालमै छोडिन ।
जब यो घटना थाहा भयो त्यसपछी हामी डाउन सिन्ड्रोमको बिषयमा बुझ्न उनको बच्चालाई नियमित चेक जाच गर्ने मेडिसिटी अस्पतालकी डाक्टर निरा सिंह श्रेष्ठलाई भेट्न गयौ र वास्तविकता खोज्ने कोशीस गरेका छौँ ।
पूर्व सांसद साहको नियमित स्वास्थ्य परीक्षण गरिरहेकी मेडिसिटीकी डाक्टर निरा सिंह श्रेष्ठले ‘डाउन सिन्ड्रोम’ टेस्ट नगरिएको बताइन् । त्यती मात्र होइन डाउन सिन्ड्रोमको जाँच नेपालको ऐन कानुनले गर्नुपर्छ नभनेको र आफूले आवाश्यक नदेखेको बताइन् ।
यतिमात्रै होइन उनले पेटमा रहेको बच्चामा डाउन सिन्ड्रोम छ की छैन भनेर सजिलै थाहा नहुने र नेपालमा त्यसको खासै परिक्षण पनि नहुने दाबी गरिन । यो रोगको परीक्षण १४–१८ हप्ताको गर्भावस्थामा गरिने भएपनी परीक्षण पूरा गर्दा २० हप्ता नाघ्छ र २० हप्ताभन्दा माथिको गर्भपतन कानुनविपरीत भएकाले आफ्नो कुनै गल्ती नभएको डा श्रेष्ठको जिकीर छ ।
डाक्टर निरा सिंहले डाउन सिन्ड्रोका विषयमा दिएको जानकारी भेरिफाइ गर्न हामीले अन्य स्त्री तथा प्रशुति रोग बिशेषज्ञहरु सँग पनि भ्टेयौ । के साञ्चै डाउन सिन्ड्रोमका बारे डाक्टरले सहज रुपमा थाहा पाउन सक्दैन ? थाहा पाएको अवस्थामा गर्भपतन गन मिल्छ की मिल्दैन ? भन्ने विषयमा डा स्वस्ति शर्मासँग सोध्यौ । डा शर्माको जवाफ डा श्रेष्ठको भन्दा ठ्याक्कै फरक थियो । यसका विषयमा डाक्टरले बच्चा गर्भमै हुँदा केहि संकेत देखिने र त्यसका आधारमा परिक्षण गर्दा सहजै थाहा पाएने उनाले जानकारी दिइन् ।
डा शर्माका अनुसार नेपालमा यसको परीक्षण हुन्छ र भइरहेको पनि छ । बच्चामा डाउन सिन्ड्रोम छ कि छैन भन्ने केही महिनामै थाहा हुन्छ । गर्भवती भएको १० देखि १२ साताको बीचमा अल्ट्रासाउन्ड गरिन्छ त्यो बेला बच्चाको पछाडिको भाग कति बाक्लो छ परीक्षण गरेर पत्ता लगाइन्छ ।
डा शर्माका अनुसार यो रोग पत्ता लाग्नु एकदमै जरूरी छ किनभने डाउन सिन्ड्रोमको कुनै उपचार छैन । बच्चा जन्माउने नजन्माउने आमा बाबुको अधिकारको विषय हो । तर, अवस्थाका विषयमा नै जानकारी डाक्टरले नदिनु कतिसम्मको गैर जिम्मेवारीपन हो ?
(प्राइम टाइम्स टेलिभिजनबाट




















प्रतिक्रिया