Logo

विविध

चैत्र ३० गते शनिबारको राशिफल



मेषः– समस्यामा सँग सम्झौता गरेर अगाडि बढ्नु पर्नेछ । शारीरिक शिथिलता बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । तनावमा कुनेै काम नगर्नुृ होला । खर्चले सिमा नाग्नेछ । आलोचना सहनु पर्ला ।

वृषः– सहास धैर्यता पराक्रम बढ्नेछ । निर्णय क्षमता बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पठन पाठनमा सुधार आउनेछ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । वित्तिय क्षेत्रमा सुधार आउनेछ ।

मिथुनः–दिन सामान्य देखिन्छ । धन लगानी गर्दा विचार पु¥याउनु होला । प्रयास प्रयत्न सफल हुनेछन् । निर्णय क्षमता कमजोर रहनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । काममा स्थायित्व दिनु पर्ने देखिन्छ ।

कर्कटः–काम गर्ने जोश जागर बढ्नेछ । भोज भतेरको निम्ता आउनेछ । अनावस्यक खर्चमा नियन्त्रण आउनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । पारिवारिक सुखमा वृद्धि हुनेछ । रजोगुण बढ्नेछ ।

सिंहः– व्यापार व्यवसायबाट नाफा भन्दा घाटा बढि हुनसक्छ । अनावस्यक काममा समय लगानी हुुनेछ । फजुल खर्च बढ्नेछ । झुट्टा कुराले पिरोल्न छाड्ने छैन । गलत निर्णयको शिकार बन्नु हुनेछ ।

कन्याः– काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ । थोरै प्रयत्न गरेमा बक्यौता रकम उठ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । घरका समस्या सँग भने खेल्नु पर्नेछ । सहयोग कम मिल्नेछ ।

तुलाः– अधुरा काम आज फस्र्यौट हुनेछन् । नोकरी तथा राजनीतिमा नयाँ स्थान मिल्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । काम गरेर अनुसारको उपलब्धि हासिल हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

वृश्चिकः– समय थोरै अनुकुल बन्नेछ । मानसिक तनाव कम हुनेछ । आस्था र विश्वास बढ्नेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । पढाई लेखाईमा प्रगति हुनेछ । उपकारी काम होलान् ।

धनुः– समयले पटक्कै साथ दिने देखिन्न । काम काजमा अवरोध आउने देखिन्छ । मानसिक तनाव बढ्न सक्छ । घर परिवारमा अशान्ति बढ्न सक्छ । अनावस्यक काममा समय र धन लगानी बढ्नेछ ।

मकरः–दैनिक काम काजमा प्रगति हुनेछ । नजिकका व्यक्तिबाट सहयोग सहानुभूति मिल्नेछ । घर परिवारमा सुख शान्ति मिल्नेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिनेछ । फलदायी यात्राको सम्भावना देखिन्छ ।

कुम्भः– तपाई माथि शत्रुको बक्रदृष्टि पर्ने भएकोले काम गर्दा सतर्क हुनुहोला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । काम अनुसारको प्रतिफल राम्रै मिल्नेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् ।

मीनः–विना सोच विचार कुनै निर्णय नलिनु होला । योजना बनाएर समयमा निर्णय लिन सकिएमा गरेका कामबाट केहि फाइदा लिन सकिनेछ । पढाई लेखाईमा अलमल बढि हुनेछ प्रगति कम हुनेछ । यात्रा हुनसक्छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार १७:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।