Logo

समाचार

आफ्नो प्रशंसा आफै किन गर्नुहुँदैन ? हेर्नुहोस् आजको नीति वचन



परमोक्तगुणो यस्तु निर्गुणोऽपि गुणे भवेत् ।
इन्द्रोऽपि लघुतां याति स्वयं प्रख्यापितैर्गुणैः ।। – चाणक्य

जसका गुणको अरुले वर्णन गर्छन् त्यो निर्गुण भए पनि गुणवान् ठानिन्छ । इन्द्रै भए पनि आफ्नो प्रशंसा गर्नाले लघुताभास हुन्छ ।

आफ्नो प्रशंसा आफै गर्नु हुँदैन भन्ने चाणक्यको नीति वचन पाइन्छ । आफ्नो गुणको अरुले प्रशंसा गरे भने त्यो निर्गु नै भए पनि सगुण ठहरिन्छ । त्यो विश्वासयोग्य हुन्छ । तर आफ्नो आफैले प्रशंसा गर्दा सर्वस्वीकार्य हुन सक्दैन र लज्जाजनक पनि हुन पुग्छ ।

स्वर्गका राजा इन्द्र नै भए पनि आफ्नो प्रशंसा गर्ने व्यक्तिलाई सानो र तुच्छ मानिन्छ । त्यो लघुताभाषी नै हुन्छ । त्यसैले आफ्नो प्रशंसा आफैले नगर्नु भन्ने चाणक्यको नीति वचन अनुकरणीय देखिन्छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–

प्रकाशित मिति : १ बैशाख २०७६, आईतवार ०४:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।