धानमन्त्री केपी ओलीले नयाँ बर्षको दिन बिहानै बालुवाटार बाट देशबासीका नाममा सम्बोधन गरे पुर्व माओबादी मन्त्रीहरुले ओलीको सम्बोधनलाई अघोषित रुपमा बहिस्कार गरे । पुर्व एमाले मन्त्रीहरुले भने प्रधानमन्त्रीको सम्बोधनमा सहभागीता मात्रै जनाएनन् ओली सँग राम्रै सँग न्यु इयर सेलेब्रेसन पनि गरे । प्रधानमन्त्रीको सम्बोधनमा सहभागी हुन बिहानै सपिरवार बालुवाटार पुगेको सामान्य प्रशासन मन्त्री लालबावु पण्डितलाई यस बर्षको नयाँ बर्ष खास रह्यो ।
छोरी अर्चना पण्डित सहित बालुवाटार पुगेको लालबावुले सो अवसरमा प्रधानमन्त्री लगायत सँग फोटो खिचे भने छोरी अर्चनालाई पनी विशिष्ट व्यक्तित्वहरुसँग फोटो खिचाए ।
पण्डितले सो अवसरका केहि तस्बिरहरु फेसबुकमा अपलोड गरेका छन् । एउटा फोटोमा भने रमाइलो संयोग देखिएको छ जहाँ लालबावु पण्डितकी छोरी अर्चना पण्डित प्रधानमन्त्री ओली सँग फोटोका खिच्नका पोज दिइरहेकी छिन् भने मन्त्री पण्डित प्रधानमन्त्री सँग छोरीको तस्बिर कैद गर्न तम्तयारी गर्दै छन् यता भौतिक योजना मन्त्री रघुविर महासेठ भने उता फोटो सेसन चलिरहँदा एउटा हात पाइन्टको गोजीमा राखेर अर्को हातले कुर्सि मिलाउँदै छन् ।
रोचक कुरा त के भने पण्डित र महासेठ दुवै जना केहि समय अघि ओली क्याविनेटमा रेड जोनमा परेको चर्चा चलेका मन्त्री हुन् ।
हेर्नुहोस तस्बिर !






















प्रतिक्रिया