Logo

विविध

२०७६ साल वैशाख ८ गते आइतबारको राशिफल



मेषः– मध्यान्ह सम्म समयले थोरै साथ दिनेछ भने अपरान्हबाट प्रतिकुल हुनेछ । गरेका कामले पूर्णता पाउने छैन । लेनदेनका कुराले पिरोल्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्ने देखिन्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।

वृषः–व्यापारबाट सामान्य लाभ हुनेछ । नयाँ कामको सम्भावना देखिन्छ । साझेदारी कामको लागि प्रस्ताव आउन सक्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सुख,शान्ति मिल्नेछ । विदेश यात्राको योग देखिन्छ ।

मिथुनः– कार्य सम्पादनमा कठिनाई आउन सक्छ,धैर्यतापूर्वक काम गर्नु होला । आज गरेका काम सफल हुनेछन् । मुद्धा मामिलामा विजय हात लाग्नेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर बन्नेछ ।

कर्कटः– अन्योलता बढ्न सक्छ भ्रमलाई चिरेर अगाडि बढ्नु होला । यात्रामा कष्ट हुने देखिन्छ । अरुको भरोसामा मात्रै काम नगर्नु होला । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापारबाट सोचे जस्तो लाभ हुने छैन ।

सिंहः– पारिवारिक भेटघाट बढ्नेछ । काम गर्ने जोश,जागर घट्न सक्छ । लगनशिल भई काम गर्नु भएको खण्डमा थोरै भए पनि सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

कन्याः–समय बलवान देखिन्छ । गरेका अधिकाँश काम सफल हुनेछ । जस्ता सुकै समस्या आए पनि खेल्न सकिनेछ, समाधान हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । आफन्तजनको सहयोग पाईने छ ।

तुलाः– प्रयत्न गरेमा काममा सफल मिल्नेछ । समयमा सचेत हुनु आवस्यक छ । आर्थिक कारोवार गर्दा होशियार रहनु होला । घरमा सुख शान्ति कम मिल्नेछ । आम्दानी खर्चको सन्तुलन कायम रहनेछ ।

वृश्चिकः– मन वचन र कर्मले लाग्नु होला अवस्य सफल हुनुहुनेछ । उत्तम आसन र भोजन प्राप्तिको योग देखिन्छ । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

धनुः–काम गर्ने बातावरण भत्किनेछ । काम काजमा विभिन्न खालका अवरोध आउने छन् । विश्वास गरेकाले धोका दिने छन् । आर्थिक पक्ष दुर्वल बन्नेछ । गलत विचार बढ्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।

मकरः– गोचरबाट दिन अनुकुल नै देखिन्छ । पराक्रम बढ्नेछ । नसोचेका ठाँउबाट धन आउनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । जीवन साथीको सहयोगमा आर्थिक उन्नति हुनेछ । मान्य जनको आशिर्वाद मिल्नेछ ।

कुम्भः– आत्मविश्वास बढ्नेछ । लगनशिल भई काममा लाग्नु होला । विगतमा देखिएका समस्याहरु समाधान भएर जानेछन् । विरोधी आफै गलित हुनेछन् । सहयोगी मन भेटिने छन् । परिश्रमको फल राम्रो निस्कनेछ ।

मिनः– समयमा सामान्य सुधार आउनेछ । उपलब्धिका काम कम हुनेछन् भने सहयोगी काम बढि हुनेछन् । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । परिवारजनको सहयोग थोरै मिल्ने देखिन्छ । गलत विचारको अन्त्य हुनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार १७:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।