Logo

विविध

चट्याङ बाट कसरी बच्ने ?



पछिल्ला केहि दिन यता हावाहुरी ,चट्याङ लगायतका खबरहरु दिनहुँ सुन्न परिरहेको छ । कतिपय ठाउँमा त चट्याङ बाट ज्याननै गुमाउँनु परेका खबरहरु पनि आईरहेका छन् । सानो मात्रै सावधानी आपनाउँन सक्दा पनि धेरै ठुलो क्षति बाट बच्न सकिन्छ ।

हामीले मौसमविदको सुझावको आधारमा चट्याङ बाट बच्ने उपायहरु पस्किएका छौ । यो अति उपयोगी जानकरीलाई धेरै भन्दा धेरै साथिहरुको विचमा पुर्याउन सक्दो सेयर गर्न नभुल्नुहोला ।

१) सबैभन्दा उत्तम उपाय घरभित्रै बस्ने

२) घरभित्र बस्दा पनि टेलिभिजन, टेलिफोन लगायतका विद्युतिय उपकरण नचलाउने, बन्द गर्ने

३) पानीका धाराहरु बन्द गर्ने, झ्याल तथा भित्तामा अडेस नलगाउने

४) अग्लो ठाउँमा नजाने

५) खुला चौरमा भएमा घोप्टो परेर बस्ने

६) रुखको नजिक तथा विद्युतका पोल नजिक नजाने

७) कार तथा गाडीभित्र भएमा झ्याल ढोका बन्द गरेर भित्रै बस्ने

८) फलाम तथा तामा मेटलका करेन्ट प्रवाह हुने सक्ने सामाग्रीहरु नछुने

यो पनि पढ्नुहोस् 

 जल तथा मौसम पूर्वानुमान महाखाशाले मौसममा सुधार हुन नसकेकाले चट्याङसहित हावाहुरी र वर्षा हुन सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ ।महाशाखाले चट्याङ, हावाहुरी र वर्षाको सम्भावना औंल्याउँदै सचेत रहन आग्रह गरेको हो ।

चैतदेखि धेरै संख्यामा चट्याङ पर्दा थुप्रै जनाको मृत्यु भइसकेको भन्दै सचेतना अपनाउन पनि विज्ञाहरुले सुझाव दिएका छन् । आइतबार पनि चट्याङ पर्न सक्ने भन्दै सचेत हुन आग्रह गरिएको छ ।

योक्रम सोमबार पनि रहने छ । पूर्वी र मध्य भूभागका केही स्थानहरु तथा पश्चिमी भूभागका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङ तथा हावाहुरी सहित हल्का वर्षाको संभावना रहेको छ । त्यस्तै मंगलबारसमेत यो क्रम जारी रहने जनाइएको छ ।

चट्याङले धेरै नै जनधनको क्षति पारेकाले विशेष सचेतना अपनाउन विज्ञहरुले आग्रह गरेका छन् । प्रविधिको बढ्दो प्रयोगले पनि खतरा निम्तन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आईतवार ०२:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।