Logo

समाचार

कर्मचारीप्रति कठोर बन्दै सरकार समायोजनमा नजाने कर्मचारीलाई बर्खास्त गरिने



समायोजनमा नजाने कर्मचारीप्रति सरकार कठोर बन्ने भएको छ । मन्त्रालय उच्च स्रोतका अनुसार समायोजनमा जान इन्कार गर्ने कर्मचारीको हकमा कर्मचारी समायोजन ऐन २०७५ को दफा १३ अनुसार अवकाश दिन सक्ने सम्मको कारबाही गर्ने तयारी भएको छ ।

मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्, ‘आफूलाई अन्याय भएको भन्दै गुनासो सुनुवाइ हुने स्थिती छ । बाँकी कर्मचारीप्रति सरकार कठोर बन्ने छ ।’त्यस्ता कर्मचारीलाई ऐनअनुसार २१ दिन भित्र हाजिर हुन नगए कारबाही गरिने तयारी भएको ती कर्मचारी बताउँछन् ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार ०२:४८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।