स्वीस बैंकमा अवैध रकम राखेको प्रकरणमा मुछिएका विवादास्पद व्यापारी चन्द्र ढकालले माओवादी पृष्ठभूमि भएका नेताहरू खोज्दै सिंहदरबार पुगेपछि कर्मचारीहरु नै आश्चर्यमा परेका छन् ।मंगलबार दिउँसो सिंहदरबार पुगेका ढकाल माओवादी संसदीय दलको कार्यालय खोज्दै थिए । ढकालले माओवादी पार्टी नै छैन भन्ने कुरा भुलेका रहेछन् ।
तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टी गठन भइसकेको छ । पार्टी मिलेको कुरा पनि चाल नपाउने व्यापारी ढकालको चर्तिकलाबाट प्रत्यक्षदर्शीहरू नै अचम्मित परेका थिए ।
विवादास्पद व्यापारी ढकाल सिंहदरबारमा माओवादी खोज्दै किन पुगेका हुन् ? कसैले केही भनेका छैनन् । ढकाललाई संसद सचिवालयका मर्यादापालकहरूले रोकेर सोधपुछ गरेका थिए । ढकालले आफू सामान्य व्यक्ति भएको भन्दै परिचय लुकाएका थिए ।
तर, ढकालसँग रहेका दुई जना सुरक्षाकर्मीले ढकाललाई ठूलो मान्छे भनेर मर्यादापालकहरूलाई सम्झाइरहेका थिए । मर्यादापालकहरूले ढकाललाई आगन्तुक रजिस्टारमा नाम र ठेगाना लेख्न लगाएपछि मात्रै छाडेका थिए ।
ढकालले मर्यादापालकहरूसँग माओवादीको संसदीय दलको कार्यालय कता हो ? भनेर सोधेका थिए । मर्यादापालकहरूले माओवादीको पहिलाको संसदीय दलको कार्यालय दुई नम्बर बिल्डिङमा रहेको जानकारी गराएपछि ढकाल उतैतिर लागेका थिए ।
आफ्नो व्यापारलाई मात्रै ध्यान दिँदै आएका ढकालले नेपाली मुद्रा स्वीस बैकमा राखेको भन्दै खोज पत्रकारीता केन्द्र (खोपके) ले सार्वजनिक गरेको नेपालिक्समा उल्लेख थियो ।ढकालले इन्टरनेशन मनी एक्सप्रेस (आईएमई) यूकेमा दर्ता गरी भाई हेमराज, दुई बेलायती नागरीक र दुई गैरआवासिय नेपालीको नाममा कम्पनी चलाएको खुलासा भएको थियो ।
त्यस्तै आईएमई होल्डिङ नामक कम्पनी पनि खोलेका थिए । चन्द्रागिरी केबलकार सञ्चालन गर्दै आएका ढकालले वनको जग्गामा रिसोर्ट बनाएर सरकारलाई चुनौती दिएका छन् ।शक्तिको अगाडि पछाडि कुद्ने ढकालको सिंहदबार प्रवेशले ठूलो आशंका उब्जाइदिएको छ ।
केही दिन अगाडि ढकालले चन्द्रागिरीमा रहेको आफ्नो रिसोर्टमा लगेर प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहालसहितका नेकपाका शीर्ष नेताहरूलाई राखेका थिए ।
ढकालको रिसोर्टमै नेकपाको पार्टी समायोजन सम्बन्धी भागबण्डा मिलेको थियो । तर, अहिले ढकाल किन सिंहदरबार धाए त ? त्यसमा पनि उनले माओवादीे संसदीय दलको कार्यालय खोजेपछि रहस्य झन् गहिरो बन्दै गएको छ ।




















प्रतिक्रिया