गुल्मी जिल्ला मालिकागाउँपालिकाले आधारभुत तह स्तरीय शिक्षक तालिम संन्चालन गरेको छ ।
शैक्षिकसत्र २०७६ को प्रारंभसंगै पहिलो चरणमा मालिका गाउँपालिका भित्रका ५३ ओटा बिधालयका आधारभुत तहका २५३ जना शिक्षकलाई ३ दिने आधारभुत तह स्तरीय विषयगत शिक्षक तालिम संन्चालन गरिएको मालिका गाउँपालिकाका सामाजिक बिकास संयोजक सोभाखर गिरिले जानकारी दिए ।
शिक्षकहरुलाइै पायक पर्ने गरि गाउँपालिकाका ८ ओटा वडामा प्रत्येक वडामा सेन्टरपर्ने गरि ८ ओटा तालिम केन्द्र स्थापना गरि तालिमको सुरुवात गरिएको हो । औपचारिक कार्यक्रमका बीच मालिका गापा ६ अर्जैबाट उदघाट्न गरिएको हो ।
बदलिँदो परिवेश संगै बजारमा प्रतिशप्रर्धा गर्ने किसिमका जनशक्ति उत्पादन गर्नको लागि तथा अङ्ग्रेजी बिषयको पढाईलाई समेत बढवा गर्नको लागि तल्लो तहको पढाईलाई सुधार गर्न्नु पने भएकोेले यो कार्यलाई प्राथमिकता दियको संयोजक गिरिको भनाइ रहेको छ ।



















प्रतिक्रिया