Logo

प्रमुख समाचार

प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापामा रमिता



परिवार आफन्त छरछिमेक तथा गाउँलाई नै शोकाकुल तुल्याएछ । तर तपाईलाई विश्वास नलाग्ना देश नै हाक्ने लोकतान्त्रिक गणतन्त्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा रमिता भएको छ ।

हुन मान्छेको जिवन दुर्य दिनको चोलामा मृत्युको कुनै समय सिमा हुँदैन तर झापामा एउटा यस्तो घटना भएको छ । जहाँ मलामी गउका आफन्तबिच कुटाकुट भएको कुरा बाहिरिएको छ ।

मानिसको मृत्युको घडिमा गाउँ, समाज स्तब्ध हुनुपर्ने हो । तर झापाको कमल गाउँपालिका १ स्थित किस्नेघाटमा भने मलामीबीच कुटाकुट भएको छ। लामो समयसम्मको अंश बिवादले मलामी अनि दाहसस्कार गरेर कै ठाउँमै कुटाकुट सम्मको घटनामा पुग्यो ।

आज बिहान ८५ बर्षको उमेरमा रगुनन्द गौतमको मृत्युु भयो। गौतम आफ्नो काईला छोरा संग दमकमा बस्ने गर्दथिए। करिव एक बर्ष अगाडि बिरामी भएर थलिएका गौतमलाई काईला छोरा (कुलेन्द्र)ले बेवास्ता गरेका कारण उनका साईला छोरा नरेन्द्र गौतमले कमल गा.पा लिएर आएका थिए। आर्थिक अवस्था कमजोर भएका साईला छोरा(नरेन्द्र) ले बाबुको जिउनी अंश बेचेर उपचार गर्ने सोच बनाए। तर उनलाई त्यो बेला आफ्नो सोचमा ठेस लाग्यो जब उनले थाहा पाए – उनको बाबुको जिउनी त काईलो भाईले छलकपट गरेर आफ्नो नाममा पारिसकेछ।

“बाबुको जिउनी पुनः बाबुको नाममा फिर्ता गर्न भाईलाई आग्रह गर्दा समेत अटेर गर्यो, बाउलाई उपचार गर्दा मलाई उल्टै ऋण लागेको छ भन्दै काईलो भाई पन्छिन खोज्यो´´ नरेन्द्रले बताए। समाज राख्ने देखि लिएर गाउँपालिकाको न्यायीक समितीमा समेत उजुरी दिदा काईलो आफ्नो कुराबाट टसकोमस नहल्लिएको उनको भनाई छ।

“सरासर काईला दाईको गल्ती छ, झुक्याएर बाबुको जिउनी आफ्नो नाममा पारेको हुन, बाबू बिरामी हुदा समेत हेरेनन, गाउ समाज सबै नरेन्द्र दाईको पक्षमा छ´´ स्थानिय प्रकाश बाँस्कोटाले बताए।

बिहान ९:५४ मा रगुनन्दले यस धर्तीमा अन्तिम लास लिएका थिए। आफ्न्त नातागोताको पर्खाईले झन्डै ४ घन्टा ढिलो स्थानीय किस्नेघाटमा अन्तिम संस्कारको लागि लगियो। आर्यघाटमै दमकमा बस्दै आएका काईला छोरा कुलेन्द्रले केटाहरु लिएर आएका थिए। उनले लिएर आएका केटाहरुले अचानक मलामीमा अपशब्द प्रयोग गरेर कुलेन्द्रको भतिजोलाई हात हालेपछी विवादले उग्ररुप लिएको थियो।

विवादकै क्रममा कुलेन्द्र र उनकी श्रीमतीले जेठानी दिदीलाई हात हालेर उपशब्द प्रयोग गरेका थिए।“ भाउजुलाई अपशब्द प्रयोग गरेको कारण नरेन्द्रले आफ्नै भाइ कुलेन्द्रलाई हात हालेको हुन, आर्यघाटमा केटाहरु लिएर आउने हो?´´ स्थानीय तुलसीराम दंगालले बताए।

उनी अगाडि भन्छ्न- आजको जस्तो अवस्था त मेरो जिवनको भोगाईमा अहिले सम्म देखेको थिईन, सम्पत्तिले गर्दा आज बाबुको अन्तिम बिदाईमा दाजुभाइ बिच कुटाकुट भयो। यो कुलेन्द्र त शिक्षक हो, यसले आफ्ना विद्यार्थीलाई कस्तो संस्कार दिन्छ ? हाम्रो समाज कहाँ जादैछ उनले प्रश्न गरे ।

उता भाइ कुलेन्द्र संग कुरा गर्दा, “सिङ्गो समाज नै मेरो विरुद्धमा लागेको छ। मैले यो समाजको के बिगार्देको छु´´ भनेर उल्टै प्रश्न गरे।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलवार १७:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।