Logo

प्रमुख समाचार

शुक्रबार अपरान्हपछि शक्तिशाली फानी चक्रपात नेपाल छिर्ने



एक्कासी बिग्रिएको मौसमले जनजीवन अस्तव्यस्त पारेको छ । बुधबार साँझ काठमाडौँ उपत्यकासहित ६ जिल्लामा हावावाहुरीसहित वर्षा भएको छ ।

एक्कासी आएको भिषण हावाहुरीले त्रसित बनाउनुका साथै केही बेर जनजीवनमा प्रभावित बनाएको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रि मनसुनका कारण र स्थानीय र पश्चिमी वायुको कारणले मौसम सक्रिए भएकाले यस्तो अवस्था आएको हो । यो अवस्थामा हावाहुरी चल्ने र मेघगर्जनसहित पानी गर्ने गर्दछ ।

बुधबार साँझदेखि काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, धादिङर नुवाकोटमा हावाहुरीसहित वर्षा भएको हो । बंगालको खाडीको दक्षिण पूर्वी भागमा विकसित शक्तिशाली चत्रवात ‘फानी’को असर नेपालसम्मै पर्न सक्ने मौसमविद्हरुले प्रक्षेपण गरेका छन् ।

महाशाखाका अनुसार शुक्रबार अपरान्हपछि नेपालको पूर्वी भू–भाग भएर फानी नेपाल प्रवेश गर्ने सम्भावना रहेको छ । बंगालको खाडीको दक्षिण पूर्वी भागमा विकसित भैइरहेको ‘फानी’ बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेको छ ।

महाशाखाले बुधबार जारी गरेको विशेष बुलेटिनमा भनिएको छ – ‘बिहीबारबाट यो प्रणाली उत्तर पूर्वतिर लाग्ने देखिन्छ । ‘शुक्रवारबाट यो प्रणाली भारतको उडिसा आसपास मोडिने देखिन्छ ।’महाशाखाले सतर्क रहन आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार ०२:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।