Logo

समाचार

स्नातकोत्तर तहको परीक्षासम्बन्धि त्रिविले गर्यो हजारौं विद्यार्थी प्रभावित यस्तो निर्णय



त्रिभुवन विश्व विद्यालयले परीक्षाकेन्द्र सारेको छ । विगतका वर्षहरुमा डिग्री क्याम्पस विराटनगरमा हुने गरेको प्राईभेट अन्तरगतको एम ए प्रथम वर्षको नियमित तर्फका परीक्षार्थीको परीक्षाकेन्द्र काठमाडौं तोकिएपछि परीक्षार्थीहरु मार्कामा परेका छन् ।

विगतका वर्षहरुमा स्नातकोत्तरको राजनीति शास्त्रको परीक्षा स्नातकोत्तर क्याम्पस विराटनगरमा र एम पि एको महेन्द्र मोरङ क्याम्पस विराटनगरमा हुँदै आए पनि यस वर्षदेखि भने यी दुवै विषयका परीक्षाको परीक्षा केन्द्र काठमाडौं तोकिएको छ ।

देश संघियतामा गइसकेको अबस्थामा यस्ता परीक्षाहरु अझै बिकेन्दित हुनुपर्नेमा केन्द्रीकृत गरिएपछि विद्यार्थीहरु रुष्ट बनेका छन् ।मोरङमा प्राईभेट परीक्षाका लागि फम भरेर परीक्षाको तयारी गरिरहेका एकजना विद्यार्थीले भने, ‘समय निकालेर परीक्षा दिन खाजेको, भम पनि भरियो तर केन्द्र त काठमाडौंमा पो सारिएको रहेछ ।

त्रिविको यो कस्तो निर्णय हो, जनताले सुविधा पाएनन् भनेर देशमा संघियता आएको हो । तर यहाँ त सुविधा पाउनु भन्दा पनि भएको सुविधा पनि खोसियो ।’

परीक्षा दिने विद्यार्थीहरुले स्नातकोत्तर क्याम्पस विराटनगर र महेन्द्र मोरङ क्याम्पसमा डिग्रीको परीक्षा संचालन गर्न नसक्नुको कारणबारे प्रश्न गर्दै त्रिविको निर्णय सच्याउने पहल गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलवार ०२:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।