Logo

बागमती प्रदेश

राप्तीमा डेँगु रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण



डेँगु रोग नियन्त्रण सम्बन्धी जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सरोकार वाला बिच अभिमुखिकरण कार्यक्रम सम्पन भएको छ । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलयका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले डेंगु रोग नियन्त्रण गर्ने उपाय, डेंगु रोग बाट बाच्य उपाय , डेंगु रोग कसरी सर्छ भन्ने बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै निरीक्षक रामकुमार केसीले टायर, प्लासटिक लगाएतमा जमेको पानीमा लामखुटटे्ले लार्भा हुर्काउने बताए ।डेंगु रोग बाट बाच्नका लागी टायर,प्लासटिक लगाएतमा जमेको पानीमा लामखुटटे्ले हुर्काएको लार्भालाइ नष्ट गर्न र जमेको पानी सफा गर्नु पर्न राप्ती नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक राममणी सिलवालले जानाकारी दिए ।

नगरपालिकाले स्वयमसेवक हरुलाइ परिचालन गरि २६ र २७ गते डेंगु ज्वरो रोगको प्रकोप रोकथाम तथा नियन्त्रणको लागी बजार क्षेत्रमा पानी राख्ने भाडा, ट्यांकी, खाल्डाखुल्डी पुर्ने र पानीमा लामखुट्टेको बसाई रहेको हेरी खोजतलास गरी नष्ट गर्ने कार्यक्रम रहेको स्वास्थ्य शाखा संयोजक राजेन्द पराजुलिले बताए ।

कार्यक्रममा सर्प संरक्षण समाजका अध्यक्ष महेन्द काटिलाले सर्पहरुको बारेमा जानाकारी गराएका थिए । बढ्दो गर्मीसँगै लामखुट्टे पनि सक्रिय हुने भएकाले यसको टोकाइबाट बच्नु नै सबैभन्दा उपयुक्त उपाय भएको राप्ती नगर प्रमुख प्रभा बरालले बताइन । उनले लामखुट्टेको बसाई रहेको हेरी खोजतलास गरी नष्ट गर्ने आग्रह समेत गरिन ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार १४:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।