Logo

प्रमुख समाचार

गुल्मीमा राष्ट्रिय जागरण अभियान सुरु, अभियान तीन चरणमा हुने



नेपाली कांग्रेस गुल्मीको आयोजनामा बुधबार देखी राष्ट्रिय जागरण अभियान सुरु भएको छ । जागरण अभियानको उदघाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला प्रतिनिधि हरिप्रसाद नेपालले बर्तमान केपी ओली सरकारले भ्रष्टाचारी, अपराधी र बलात्कारीको संरक्षक बनेर समाजलाई आतंकित बनाइरहेको आरोप लगाए।

उनले वर्तमान सरकार काण्डै काण्डले भरिएको भन्दै नेता नेपालले ‘शान्ति सुरक्षा छैन, निर्मला पन्तका हत्याराहरू खुलेआम हिँडेका छन् । बालुवाटारको सरकारी जग्गा किन्नेहरूलाई सरकारले संरक्षण गरेर राखेको छ र मुलुकमा ओलीका कारण बेथिति बढेको छ ’नेता नेपालले भने ।

नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले नेपाली कांग्रेस पार्टीभित्रको मतभेदलाई भूली एकताबद्ध भएर अभियानमा लाग्न जरुरी छ भन्दै कांग्रेस कमजोर हुँदा राष्टियता, लोकतान्त्रिक व्यवस्था कमजोर भएको उनको दाबी छ ।

नेपाली कांग्रेसको संगठनलाई वडा तह देखि नै शशक्त तथा उर्जाशिल बनाउदै सरकारको संरक्षणमा भएका भ्रष्टाचार, अन्याय, संबैधानिक निकायमा गरिएको हस्तक्षेप, प्रेसमाथिको हस्तक्षेप र सरकारले गरेको हरेक ज्यादतीको विरुद्ध आम जनतालाई जागरुक गराउने यस कार्यक्रमको उदेश्य रहेकोे जानकारी सभापति श्रेष्ठले दिए ।सभापति श्रेष्ठले जागरण अभियानबाट पार्टीका हरेक गतिविधि मजवुत वन्दै जाने बिश्वास समेत लिए ।

नेपाली कांग्रेस गुल्मीले पहिलाे चरणमा एक महिनासम्म सन्चालन हुने कार्यक्रम अन्तर्गत बैशाख २६ गते सत्यवती, २७ गते कालीगण्डकी, २८ चन्द्रकोट, २९ गते मुसिकोट नगरपालिका, ३० गते इश्मा गाउपालिका, ३१ मालिका, जेठ १ गते मदाने, २ गते धुर्कोट, ६ गते रुरु, ७ गते छ्त्रकोट, ८ गते गुल्मी दरबार र ९ गते रेसुङा नगरपालिकामा सम्पन्न गरिने पार्टी सचीव खिलध्वज पन्थीले जानकारी दिए ।

यसैगरी पहिलाे चरणमा नेपाल महिला संघ ,नेपाल तरुण दल,नेपाल दलित संघ, नेपाल शिक्षक संघ,नेपाल राष्ट्रिय मगर संघ,नेपाल नेपाल विद्यार्थी संघ, नेपाल किसान संघ, नेपाल सास्कृतिक संघ लगायत भातृ र सुभेच्छुक सस्थाले जेठ २५ गतेसम्म विभिन्न कार्यक्रम सन्चालन गर्ने जानकारी सचीव पन्थीले दिए ।

उदघाटन कार्यक्रममा बाेल्दै नेपाली कांग्रेसका पुर्ब सभापति हरु त्रैलक्यप्रताप सेन, चन्द्रबहादुर के.सि., सुरेशचन्द्र भुसाल,पुर्ब साम्सद झक बहादुर पुन, उपसभापति बिष्णु प्रसाद बलाल, सचिव बिष्णु कुमारी सापकोट, जिल्ला सदस्यहरु शालिकराम पन्थी, छन्द बहादुर पहराइ मगर लगायतका बक्ताले कम्युनिस्ट सरकार अधिनायकवाद र लाजमर्दो स्थितिमा पुगेकाे धारण राख्दै जागरण अभियानलाई पार्टीको हरेक तहबाट सहयोग गरि सफल बनाउनुपर्ने कुरामा जोड दिए ।

काङ्ग्रेसका जिल्ला सदस्य क्षेत्रीय समिति र विभिन्न भातृ संगठन तथा शुभेच्छुक संस्थाकाे उपस्थित रहेकाे पहिलो दिनको कार्यक्रममा नेकपा सहित विभिन्न राजनीतिक दल परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार १५:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।