मुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राष्ट्रपतिलाई बेलायतीको महारानी जस्तै बनाउन खोजेको आरोप लगाएका छन् ।कांग्रेसको राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले गणतन्त्र आएपछि नेपाल सरकार भन्ने चलन सुरु भइसकेको पनि अहिले तोडिएकोमा आपत्ति जनाए ।
‘राष्ट्रपतिले मेरो सरकार भनिन् । यो भन्दा अगाडि अघिल्लो वर्ष मेरो सरकार भनेकी थिइनन् ।’ उनले भने, ‘रामवरण यादवले नेपाल सरकार भनेका थिए । अहिले यिनलाई बेलायती महारानी जस्तो किन हुनु परेको ?’
उनले अघि भने, ‘हर मेजेस्टी भन्ने ? हर मेजेस्टिज विद्या भण्डारी गभर्मेन्ट भन्ने ?’
यस्तै उनले सभामुख कृषबहादुर महरा नेपालको संसदीय इतिहासकै डरपोक र काँतर भएको देउवाले दाबी गरे । ‘नेपालको संसदीय इतिहासमै यति कमजोर, डरपोक सभामुख देखेकै छैन,’ उनले भने, ‘धेरै सभामुख देखेका छौं। तर यस्तो निरिह सभामुख देखेको थिइनँ।’
उनले देशमा कम्युनिस्ट शासन ल्याउन खोजिएको दाबी गरे । ‘सभामुख निरीह हुने, राष्ट्रपतिले मेरो सरकार भन्ने र जनताको लेख्ने बोल्ने अधिकारमाथि हस्तक्षेप भइरहेको छ । यही हो कम्युनिस्ट शासन’, उनले भने ।तानाशाही राणा शासनलाई फालेको इतिहास नेपाली कांग्रेससंग भएकाले कांग्रेसको दायित्व लोकतन्त्रलाई रक्षा गर्नु रहेको देउवाले बताए ।




















प्रतिक्रिया