Logo

प्रमुख समाचार

गगन थापाको क्षेत्रमा आगो बल्यो, मान्छे डुब्ने खाल्डाखुल्डी



लामो समयदेखि निर्माणाधीन चाबहिल–साँखु सडकखण्ड कालोपत्र नहुँदा मारमा परेका बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले यातायात अवरूद्ध पारेका छन् ।

पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त भएको छ ।आन्दोलनमा उत्रिएका स्थानीयवासीको एउटै माग छ चाबहिल–साँखु सडकखण्ड तत्काल कालोपत्र गरी धूँवाधुलोबाट मुक्त हुनुपर्‍यो ।

आफूहरूले साङ्केतिक विरोध कार्यक्रममात्र गरेको र भोलिका दिनमा थप कडा आन्दोलनसहित प्रस्तुत हुने व्यापारीले बताए । सरकारले नागरिकको समस्याप्रति बेवास्ता गरिरहेको भन्दै मागको तत्काल सुनुवाइ हुनुपर्ने उनीहरूको माग छ । यो क्षेत्र कांग्रेस नेता एवं सांसद गगन थापाको क्षेत्र हो ।

सडकको कालोपत्र गर्नका लागि नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्वअधयक्ष सकुन्तलाल हिराचनको कम्पनीले ठेक्का पाएको थियो ।बाटो कालोपत्र गर्ने विषयलाई लिएर धेरै पटक स्थानीय नेतासहितको टोली मन्त्रालय र सडक विभाग कार्यालय पुगिसकेको छ ।

यो पनि पढ्नुहोस् 

देउवाको विरोधमा किन बोल्दैनन् गगन ?

मन्त्रालयले सडक विभाग, सडक विभागले ठेकेदार र ठेकेदारले स्थानीयवासीले मुद्दा हालेका कारण अदालतलाई दोष लगाउँदै पन्छिने काम मात्र गरिरहेका छन् । सरकारले यथास्थितिमा तत्काल सडक कालोपत्र गर्न निर्देशन दिएको थियो ।

सरकारले विसं २०७२ मा चावहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तारको जिम्मा पाएका थिए । तर अहिलेसम्म उक्त सडकखण्डले पूर्णता पाउन सकेको छैन ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार १६:५९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।