Logo

समाचार

बीबीएस प्रथम बर्षको नतिजाको अन्यौल हुनुहुन्छ ? अब यसरि हेर्नुहोस् अनलाईनमा



पछिल्लो समय नेपालमा व्यवस्थापन संकाय तर्फ विद्यार्थीहरुको आर्कषण बढ्दै गएको छ । आर्कषण भएको अनुसार नतिजा भने सोचे अनुरुप आएको छैन । लामो समय देखि प्रतिक्षाको रुपमा रहेको स्नातक तह तर्फको परीक्षाफल सार्वजनिक भएको छ ।

त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गतको बीबीएस प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ । यस वर्ष जम्मा १ लाख १ हजार ६ सय ४९ विद्यार्थी सहभागी भएको परीक्षामा २० हजार १ सय ८४ जना पास भएका छन् ।

यो नतिजा कुल विद्यार्थीको २० प्रतिशत पनि होईन् । यो नेपालको शिक्षा प्रणलिका लागि एकदमै दुःखद भएको जानकारहरु बताउँछन् । अनलाईन नतिजाको लागि यहाँ थिच्नुहोस्

परीक्षर्थीले नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BBS लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि ३३६२४ मा एसएमएस पठाउनु पर्ने हुन्छ । तपाईले नेपाल टेलिकमको नम्बरबाट १६०२ मा कल गरेर पनि जानकारी पाउँन सक्नुहुन्छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खूले आज २०७५ ब्याचको ४ बर्षे ब्याचलर अफ बिजनेस स्टडीज (बीबीएस) प्रथम वर्षको नतिजा प्रकाशित गरेको हो । नतिजामा मात्र १९ दशमलव ८५ प्रतिशत उतिर्ण भएका छन् ।

(बीबीएस) प्रथम वर्षको परीक्षा भाद्र र अशोजमा आयोजना भएको थियो । नतिजा विद्यार्थीले चेक गर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ । कलेजले सबै नतिजा थाहा पाउन यहाँ क्लिक गर्न सक्नुहुनेछ । क्लिक शब्दमा थिच्नुपर्नेछ । परीक्षामा १०१६४९ जना सहभागी थिए । जसमा १२ जनालाई निलम्बन गरिएको छ । २०१८४ जना मात्र पास भएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार ०२:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।