Logo

समाचार

यि हुन् पत्रकार पाण्डेलाई ज्यान मार्ने धम्की दिने व्यक्ति



एभिन्युज टेलिभिजनका पत्रकार शुशील पाण्डेलाई ज्यान मार्ने धम्की दिएको भनिएका व्यक्ति समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य विष्णुजंग बस्नेत भएको खुलेको छ । पत्रकार पाण्डेलाई बस्नेतको मोवाईल फोनबाट ज्यान मार्ने धम्की आएको समाचारहरु वाहिरिए पछि त्यसको आधिकारिकता बुझ्न अनलाइन पानाले बस्नेतसँग कुराकानी गर्दा आफूले पाण्डेलाई मार्ने धम्की नदिएको बरु पाण्डेलेनै यस विषयमा मिडियाबाजी गरिरहेको आरोप लगाएका छन् ।

भाडावाला सरोकार समाजका अध्यक्ष् समेत रहेका वस्नेतले ओटिभी नेपालसँग कुराकानी गर्दै भने, “विहान उहासँग आठ बजे फोनमा कुरा गरेको हो, दिउसो २ बजे भेट्ने कुरा थियो तर, १२ बजे मैले फोन गर्दा प्रेस काउन्सिल जा भन्दै उल्टै थर्काउनु भयो उहाले पहिला मुख छाडेपछि तँ तँ सम्मचाहि चलेको हो पछी ज्यान मार्ने धम्की भन्दै समाचार छपाउनु भएछ म अचम्ममा परेको छु ।”

बस्नेतले आफूले त्यस्तो भनेको भए सोको रेकर्ड देखाउन समेत पाण्डेलाई चुनौती दिएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार ०९:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।