Logo

कोशी प्रदेश

यसबर्ष पनि समाजसेवी सुन्दर श्रेष्ठले १० जना विद्यार्थीलाई निशुल्क पढ्न छात्रबृत्ति उपलब्ध गराउने



मोरङ उर्लाबारी—९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले गत बर्ष झै यस बर्षपनि स्थानीय प्रभात आधारभुत विद्यालयमा १० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउदैं निशुल्क पढ्ने व्यवस्था मिलाईदिने भएका छन् । श्रेष्ठले १० जना विद्यार्थीको लागि बर्षभरी आवश्यक पोसाक,कपि कलम,जुत्ता व्याग उपलब्ध गराउदैं आवश्यक शुल्क सबै आफैले तिरिदिने भएका हुन् ।

कक्षा १ देखि ८ कक्षासम्म अध्ययरत १० जना विद्यार्थीलाई छात्रवृत्ति दिँदै पठनपाठनमा लाग्ने सम्पूर्ण खर्चको जिम्मा श्रेष्ठले लिएका हुन् ।पठनपाठनमा मन भएका तर विपन्न परिवारका विद्यार्थीहरुलाई उज्वल भविष्यका लागि आफूले सहयोग गरेको श्रेष्ठले बताए । गतबर्ष पनि आफुले १० जनालाई छात्रबृत्ति दिएको बताउदैैं श्रेष्ठले यस बर्ष पनि निरन्तरता दिइएको जानकारी दिए ।

यसबर्ष केहि विद्यार्थी छात्रबृत्तिका लागि फेरवदल भएको उनको भनाई छ । छात्रबृत्ति पाउने विद्यार्थीले छात्रबृत्ति पाए अनुसार प्रगती गर्न सकोस,छात्रबृत्तिको सहि सदुपयोग होस, यसवर्ष उत्कृष्ठ तथा विपन्न परिवारका नानीहरुलाई छनौट गरेका हौ,श्रेष्ठले भने ।

‘त्यसबेला घरको अवस्था दयनिय भएकोले हाम्रो पालामा पढ्ने बेलामा कैले कापी किन्ने पैसा हुँदैन थियो त कैले कलम, अहिले जस्तो जुत्ता लगाउने ब्याग बोक्नु त सपना जस्तै, श्रेष्ठले भने, आज त्यही दिनहरु सम्झेर बाल्यकालमा भोग्नुपरेको समस्या महसुुस गरी छात्रवृत्ति उपलब्ध गराएका हुँ ।

व्यवस्थापन समितिको बैठकले आफूहरुले निम्न स्तरको परिवारमा रहेका विद्यार्थीको नाम छात्रबृत्तिको लागि दिएको र श्रेष्ठले उनीहरुको पठनपाठनमा छात्रवृत्ति उपलब्ध गराएर सहयोग गर्ने विद्यालयका प्रअ मोहन चापागाईले बताए ।

चापागाईका अनुसार यसरी छात्रवृत्ति पाउने विद्यार्थीहरुमा मिलन जिमी,विमल विश्वकर्मा,कुशल लिम्बू,भुमिका खतिवडा,सजना लिम्बू,मनिषा लिम्बू,ओसिन मारापाँचे,सुमित लिम्बू,पूर्णमाया खड्का र अनिशा राई रहेका छन् । उनीहरुको वर्षभरिमा अध्ययनमा कति खर्च लाग्छ, त्यसको खाका श्रेष्ठलाई बुझाउने र श्रेष्ठले सोहीअनुरुप सहयोग गर्ने विद्यालयका अध्यक्ष रुद्र सुब्बाले बताएका छन् ।

श्रेष्ठको उक्त कार्यको प्रशंसा गर्दै अध्यक्ष सुब्बाले भने, उहाँको सहयोगले आर्थिक अभावले विद्यालय छोड्ने विद्यार्थीको समस्या हटेको मात्र छैन,विद्यालयमा विद्यार्थीहरु पनि थपिदैं गएका छन् । उहाँलाई धन्यवाद दिन चाहन्छौ ।’

प्रअ चापागाईका अनुसार श्रेष्ठले यसअघि विद्यालयमा यसअघि मञ्च बनाइदिनुका साथै विद्यालयमा पर्खाल निर्माण र रंगरोगनमा सहयोग गर्नुभएको थियो । ‘हाम्रा पूर्व विद्यार्थी समेत रहनुभएका श्रेष्ठको सहयोग विद्यालयको स्तर उन्नतीमा सदैव रहेकोछ, चापागाईले भने । श्रेष्ठले प्रभातका सबै विद्यार्थीको लागि अभिभावकसँग मिलेर ट्याक सुट पनि उपलब्ध गराउने तयारी भईरहेको पनि जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार १७:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।