Logo

समाचार

डाफे क्लब सिकागाेकाे सहयाेग र युबा जागरणकाे संयाेजनमा अपाङ्ग, अनाथ बच्चाहरुलाई सहयाेग



डाफे क्लब सिकागो, अमेरिकाको सहयोग र युबा जागरण अभियानको संयोजनमा अपाङ्ग, अनाथ ४५जना बच्चाहरुलाई स्कुल ड्रेस, जुत्ता, झोला सहित २ लाख ८५ हजार नगद हस्तान्तरण गरिएको छ ।

डाफे कल्ब सिकागोका प्रतिनिधि ई.नवीन कैनिलको विशेष पहलमा जुटाइएको नगद रकम क्लबका प्रतिनिधि, युबा जागरण अभियानाका संयोजक चिन्तन पौडेल, नेबिसंघ निबर्तमान केन्द्रीय उपाध्यक्ष प्रकास राना, निबर्तमान कोषाध्यक्ष शिव रिमाल, नि. केन्द्रीय सदस्य सुशील तिमल्सिना, एलिजा ढकाल, त्रिभुवन बिश्वबिधालय नेबिसंघ अध्यक्ष श्याम चन्द्र अधिकारी, नेबिसंघ तनहु काठमाडौ सम्पर्क समिति अध्यक्ष प्रबिन कैनि, नेबिसंघ नेता ई. भुवन भट्ट लगायतका युबाहरुले गोकर्णमा रहेको अपाङ्ग एकता आवाज केन्द्रमा पुगि संस्थाका अध्यक्ष तिलबहादुर खत्रिलाई रकम हस्तान्तरण गरेका थिए ।

बच्चाहरुका लागि गरिएको सामाजिक सेवा सहितको सहयोगका लागि म ब्यक्तिग र बच्चाहरुको तर्फबाट डाफे क्लब सिकागो, युबा जागरण अभियानका अभियान्ताहरुलाई विशेष धन्यबाद दिन चाहन्छु र अगामि दिनमा समेत थप सहयोगको अपेक्षा रहेको अपाङ्ग एकता आवाज केन्द्रका अध्यक्ष तिल बहादुर कार्किले बताए ।

साथै यस कार्यक्रमको संयोजनमा नेबिसंघ तनहु काठमाडौ सम्पर्क समिति अध्यक्ष प्रबिन कैनिले विशेष भुमिका निर्बाह गरेका थिए । कार्यक्रममा अपाङ्ग र अनाथ बच्चाहरुले नया लुगा, जुत्ता, झोला पाउँदा एकदमै खुसि भएको भन्दै सहयोगका लागि एकै स्वरमा धन्यबाद समेत ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार ०४:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।