Logo

समाचार

नेबिसंघका मनकारी विद्यार्थी नेता कापडिले दिए बिधालयलाई पुस्तक



डडेलधुरा जिल्ला गन्यापधुरा ५ मा जन्मिएका मनकारी नेबिसंघका विद्यार्थी नेता दुर्गा कापडिले श्री भुवनेशवरी माबि जैसेरालाई पुस्तक हस्तान्तरण गरेका छ्न् ।चार कक्षा देखि आफैले अध्ययन गरेको बिद्यालयमा नेता कापडिले पाच सय पुस्तक हस्तान्तरण गरेका हुन् ।

आफूलाई जन्म दिने बुवा तथा नेपाली कांग्रेस गाउँएकाइ सभापति मार्फत पुस्तक हस्तान्तरण गरिएको बिधालय स्रोतले जानकारी दिएको छ ।विधालयले दुर्गा कापडिका बुवा धनी राम कापडिलाई सम्मान समेत गरेको छ, उनले कम्तीमा दुई लाखका पुस्तक बिधालयलाई हस्तान्तरण गरिएको प्रजिअ जय राज भट्टले जानकारी दिए ।

बिधालयलाई पुस्तकालय निमार्ण गर्न टेवा पुग्ने कार्यक्रमका प्रमुख अतिथी सेर बहादुर भण्डारीले बताए । कार्यक्रममा सबै वडाका वडा अध्यक्षलाई समेत निमन्त्रण गरिएको थियो । वडा अध्यक्षले समेत रहेका दुर्गा कापडिलाई धन्यवाद ग्यापन गरिएको विधालयका लेखापाल लोक बहादुर खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आईतवार ०३:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।