मेष
सरकारी क्षेत्रमा बलियो पहुँच हुनेछ । व्यापारमा फाइदा मिल्ने एवं लगानीबाट राम्रो फाइदा आउनेछ । आम्दानीको श्रोत पनि राम्रोसँग जुट्नेछन् । व्यापारमा फाइदा एवं काममा तीब्रता मिल्नेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा समस्या, परिवारमा अनमेल एवम व्यावसायमा मन्दि हुनेछ ।
वृष
अधुुरा कामहरु बन्नेछन् ।मित्रले साथ दिँदा व्यवसायमा फाइदा मिल्नेछ । वैदेशिक काममा लाभ एवं सरकारी क्षेत्रबाट राहत मिल्नेछ । मनोरञ्जनमा खर्च हुनाले आँटेको काम ढिला हुनेछ । काममा प्रशंसा एवं आम्दानीको श्रोत बढ्नाले ऋणको भार कम हुनेछ । सन्तानबाट सुख एवम कृषिबाट फाइदा मिल्नेछ ।
मिथुन
राजनीतिमा व्यवधान खडा हुनेछ । घरमा अशान्ति एवं अपजसको सामना गर्नुपर्नेछ । स्वास्थ्यले साथ नदिँदा काममा रोकावट आउनेछ । लामो यात्राको तय हुनेछ । वैदेशिक काममा फाइदा एवं धार्मिक काममा व्यस्तता बढ्नेछ । साताको अन्त्यमा रोजगारीमा फाइदा एवं काममा जस मिल्नेछ । आफ्नो क्षमताको कदर पाइनेछ ।
कर्कट
कुटुम्ब भेटघाटमा व्यस्त भइनेछ । पति पत्नीबीच सुमधुर सम्बन्ध रहनेछ । लामो यात्राको अवसर आउने एवम वैवाहिक कुरा चल्नेछन् । साताको मध्यमा भने काममा रोकावट आउनेछ । काममा गल्ती हुँदा भार आफूलाई पर्नेछ । मित्रता टुट्ने एवं धोका मिल्न सक्नेछ । साताको अन्त्यमा भने भाग्यले साथ दिँदा अधुरा काम बन्ने यात्राको सुख मिल्ने एवं सामाजिक क्षेत्रमा सहभागी भइनेछ ।
सिंह
स्वास्थ्यमा सुधार देखिनेछ । मित्रताबाट फाइदा मिल्नेछ । खेलकुदमा समय बित्ने एवं भ्रमणमा रुचि जानेछ । पारिवारिक काम बन्ने आपसी प्रेममा वृद्धि हुने एवं दाम्पत्य सुख मिल्नेछ । साताको अन्त्यमा भने आफन्तबाट धोका स्वास्थ्यमा प्रतिकुलता एवं ऋणको भार बढ्नेछ ।
कन्या
अध्ययनमा रुचि जानेछ । आम्दानीको स्तर बढ्नेछ । राजनीतिक लाभ पाउनाले काममा प्रगति हुनेछ । साताको मध्यमा सामाजिक रुचि बढ्ने एवं धार्मिक यात्रा हुन सक्नेछ । खेलकुदमा रुचि जानेछ । मुद्दा मामिलामा फाइदा हुनेछ । साथी भाइको सहयोगले अधुरा काम पूरा हुनेछन् । साझेदारीमा फाइदा मिल्नेछ । अन्त्यमा भने मानसिक अशान्ति, अपजसको भागिदारी एवं काममा घाटा हुनेछ ।
तुला
अध्ययनमा प्रगति देखिन्छ । बौद्धिक एवं कला क्षेत्रमा रुचि जानेछ । सन्तानबाट सुख मिल्ने एवं मित्रजनबाट आर्थिक सहयोग हुनेछ । विरोधी पक्षबाट भय हट्नेछ । साताको अन्त्यमा भने, प्रेममा सुधार, वैवाहिक सुख एवं दाम्पत्य जीवनमा प्रगति देखिन्छ ।
वृश्चिक
पारिवारिक कलहरुले समस्या आउनेछ । आफन्तबाट असहयोग हुनाले काममा बाधा मिल्नेछ । चिसोको समस्या एवँ स्त्रीसँग शत्रुता बढ्नेछ । साताको मध्यमा भने अध्ययनमा प्रगति एवं व्यवसायमा आर्थिक लाभ मिल्नेछ । साताको अन्त्यमा स्वास्थ्यमा सुधार हुने एवं नयाँ कामको थालनी हुनेछ ।
धनु
दाजुभाइको सहयोग मिल्नेछ । छोटो यात्राको अवसर मिल्ने एवं मनोरञ्जनमा खर्च हुनेछ । साताको मध्यमा जग्गा जमिन सम्बन्धि समस्या आउने एवं नजिकको बाट व्यवधान खडा हुनेछ । अन्त्यमा भने यात्राको सुख मिल्ने, विद्यामा सफलता एवं कला, संगीतमा प्रतिष्ठा जम्नेछ ।
मकर
बोलीको प्रभावले फाइदा मिल्नेछ । मिठो भोजनको सुख एवं भेटघाटमा व्यस्तता बढ्नेछ । साताको मध्यमा भने जिम्मेवारी थपिने एवं काममा बोझ बढ्नेछ । काममा अधुरा रहनाले अपजसको भार पर्नेछ । साताको अन्त्यमा भने, आशामा निराशा थपिने एवं मानसिक अशान्तिले काम ढिला हुनेछ ।
कुम्भ
व्यस्तता बढ्नेछ । भ्रमणको अवसर मिल्ने एवं नयाँ काममा रुचि जानेछ । मनोरञ्जनमा खर्च बढ्नाले परिवारमा भनाभन पर्नेछ । साताको मध्यमा भने व्यापारबाट फाइदा, धनसम्पति संग्रह एवं पारिवारिक भेटघाट रहनेछ । साताको अन्त्यमा भने, यात्रा हुने, विदेशबाट फाइदा मिल्ने एवं नयाँ साथी भाइसँग सहकार्य हुनेछ ।
मीन
अनावश्यक खर्चले तनाव हुनेछ । सरसामानको क्षति एवं अनावश्यक क्षेत्रमा पैसा जानेछ । स्वास्थ्यमा समस्या आउनाले आँटेको काम पर सर्नेछ । साताको मध्यमा भने प्रशंसा मिल्ने, पारिवारिक सहयोग बढ्ने एवं व्यावसायमा प्रगति हुनेछ । साताको अन्त्यमा भने पारिवारिक जमघट धनको कारोबार बढ्ने एवं सन्तानले सहयोग दिनेछन् ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्कः ९८५१०७१५७४





















प्रतिक्रिया