आज, पञ्चाङ २०७६ साल ज्येष्ठ १५ गते बुधबार, तदनुसार २९ में २०१९, नेपाल संवत ११३९, ज्येष्ठमासकोकृष्ण पक्षको दशंमी तिथी, सुर्योदय विहान ५ः११ मा भयो भने सुर्यअस्त साँझ ६ः५२ मा हुनेछ।
मेष राशी
द्वादश भावको चन्द्रमाले आर्थिक नोक्सानीको सामना गर्नुपर्ने छ । सरकारी निकायबाट दुःख प्राप्त होला । दैनिक जिवन कष्टकर रहेको छ । आजको शुभ अंक ८, शुभरङ सुन्तोला ।
बृष राशी
एकादश भावको चन्द्रमाले आकस्मिक लाभ प्राप्त होला । दाजुदिदीको सहयकोग प्राप्त हुने योग रहेको छ । मनको इच्छा पुर्ति हुने सम्भावना रहेको छ । आजको शुभ अंक ७, शुभ रङ हल्का सेतो ।
मिथुन राशी
दशौँ भावको चन्द्रमाले मानप्रतिष्ठामा बृद्धि होला । प्रयत्न गरे नयाँ कामको प्राप्ति हुने योग रहेको छ । कामुकतामा बृद्धि होला । आजको शुभ अंक ६ , शुभ रङ हरियो ।
कर्कट राशी
नवंम भावको चन्द्रमाले भाग्य बृद्धि हुनेछ । तिर्थ यात्राबाट लाभ मिल्नेछ। प्रतिष्ठा प्राप्त हुने योग रहेको छ । आजको शुभ अंक ५, शुभ रङ सेतो ।
सिंह राशी
अस्ठम भावको चन्द्रमाले चोटपटक तथा दूर्घटना हुनसक्ने हुदाँ सावधानी अपनाउदा राम्रो । आँखामा पीडा उत्पन्न हुनेछ । मानशिक तनाबको समाना गर्नुपर्नेछ । आजको शुभ अंक ४, शुभ रङ सुनौलो ।
कन्या राशी
संप्तम भावको चन्द्रमाले पतिपत्नि बीचमा सम्बन्ध सुमधुर रहनेछ । साजेदारी काममा फाइदा मिल्नेछ । नयाँ मित्र प्राप्त हुनेछ । आजको शुभ अंक ३, शुभ रङ पहेलो ।
तुला राशी
छैंटम भावको चन्द्रमाले कार्य गर्दा ऋण लाग्ने सम्भावना रेहेको छ । रोगले सताउन सक्नेछ । डरको भावना पैदा हुनेछ । आजको शुभ अंक २, शुभ रङ कालो ।
बृश्चिक राशी
पञ्चम भावको चन्द्रमाले स्वास्थ्य र शिक्षाक्षेत्रमा सफलता प्राप्त होला । नयाँ जानकारी प्राप्त हुने योग रेहेको छ । मन कमजोर बन्ला । आजको शुभ अंक १ , शुभ रङ कालो ।
धनु राशी
चतुर्थ भावको चन्द्रमाले आमा सँगको सम्बन्ध राम्रो हुनेछ । सुख प्राप्ति हुने योग रहेको छ ।वाहन सुख मिल्ला । आजको शुभ अंक ९, शुभ रङ निलो ।
मकर राशी
तृतीय भावको चन्द्रमाले साहसको बृद्धि हुनेछ ।शत्रु कमजोर रहनेछन् । बोलिको प्रभाव बढ्ने योग रेहको छ । आजको शुभ अंक ८ ,शुभ रङ रातो ।
कुम्भ राशी
द्वितीय भावको चन्द्रमाले धन लाभको सम्भावना रहेको छ । आँखाको चमक उत्पन्न हुनेछ । इष्टमित्रबाट धन आगमन हुने योग रहेको छ । आजको शुभ अंक ७, शुभ रङ सेतो ।
मिन राशी
प्रथम भावको चन्द्रमाले जोश र जाँगरमा बृद्धि गराँउने छ । कार्यगर्ने क्षमतामा अभिबृद्धि हुनेछ । गुमेको मान प्राप्त हुनेछ । आजको शुभ अंक ९, शुभ रङ निलो ।





















प्रतिक्रिया