Logo

प्रमुख समाचार

समाजवादी पार्टीका नेताले श्रीमती कुटेर बेहोस बनाएपछि…



उपेन्द्र यादव र बाबुराम भट्टराई अध्यक्ष रहेको समाजवादी पार्टीका नेताले सार्वजनिक स्थलमै श्रीमतीलाई हेलमेट, लात्ती र मुक्का प्रहार गरी बेहोस बनाएका छन् ।

सो पार्टीका सप्तरी अध्यक्ष ३५ वर्षीय केदार यादवले राजविराज–हनुमाननगर सडक खण्डअन्तर्गत देउरी भरुवास्थित खाँडो खोलाको पुलमा श्रीमती बिनितालाई दर्जनौं सर्वसाधारणका अगाडि शुक्रबार निर्मम कुटपिट गरेका हुन् । बिनिता बथनाहास्थित द्वारका श्रीलाल सातनी यादव माविकी शिक्षका हुन्।

विद्यालयबाट स्कुटरमा घर फर्कंदै गर्दा यादवले बाटैमा उनीमाथि निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएर सडकमै बेहोस अवस्थामा लडेकी बिनितालाई स्थानीयले उद्धार गरी गजेन्द्रनारायण सिंह अस्पताल पु¥याएका थिए । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । यादवले स्कुटर माग्दा नदिएकाले स्कुटरको साँचो खोसाखोस मात्र भएको भन्दै कुटपिटको आरोप निराधार भएको दाबी गरे ।

पटकपटक झगडा हुने गरेको भन्दै बिनिता विगत आठ वर्षदेखि राजविराजस्थित माइतीघरमा बस्दै आएकी छन् । यसैबीच बिनिताले श्रीमानमाथि कडा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएकी छन् ।

उर्लाबारीको सेम्बुटोलमा सुतेकै ठाउँमा अन्धाधुन्ध खुकुरी प्रहार

मोरङको उर्लाबारी—९ सिम्बुटोलमा एक युवामाथि सुतिरहेको ठाउँमा अन्धाधुन्ध खुकुरी प्रहार भएको छ । सेम्बुटोलका इन्द्रहाङ शेर्मालाई सोहि वडा कै प्रकाश थापाले शुक्रवार राति १२ बजेतिर ज्यानमार्ने उदेश्यले अन्धाधुन्ध खुकुरी प्रहार गरेका हुन् । इन्द्रहाङको घाँटी ,छाती लगायत शरिरको बिभिन्न भागमा चोट लागेको दाजु सुरेन्द्र शेर्माले बताe।

झण्डै पाँचथर घटना जस्तै घट्यो,गर्मीले भाई बाहिर सुतेकै ठाउँमा ज्यान मार्ने गरी खुकुरी प्रहार भएको छ , दाजु सुरेन्द्र शेर्माले भन्नुभयो, खुकुरी प्रहार गरी फरार थापालाई राति नै खोजि गरी गरी प्रहरीको जिम्मा लगाएका छौ ।

अहिले इन्द्रहाङको उपचार झापाको विएण्डसी हस्पिटलमा भईरहेको छ भने थापालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

गाउँमा मरिमराउ भएको घरमा सोहि राती प्रकाश र इन्द्रहाङको सामान्य विवाद भएको थियो । त्यहि रिसमा प्रकाशले घरमै गएर आक्रमण गरेको हुन सक्ने बताइएको छ । यद्यपि, प्रहरीको अनुसन्धान भईरहेको छ ।

वीर अस्पतालका डा ढुण्डीराज पौडेलले दिए राजीनामा

वीर अस्पतालका नाक, कान घाँटी विभागका प्रमुख डाक्टर ढुण्डीराज पौडेलले सरकारलाई राजीनामा बुझाएका छन् । डा पौडेलले पाँच दिन अगाडि नै राजीनामा पत्र बुझाएका हुन् ।

सरकारी अस्पतालहरुको स्वास्थ्य सेवालाई गुणस्तर बनाउन र सरकारी अस्पतालको सेवा सुधार गर्न पहल गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा गुणस्तर बनाउन उदासिन बनेको आरोप लगाउँदै डा पौडेलले राजीनामा दिएका हुन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार ०४:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।