Logo

विविध

आषाढ ०१ गते आईतबारदेखी आषाढ ०७ गते शनिबारसम्मको साप्ताहिक राशिफल



मेष

सोमबार बिहानसम्मको समय मध्ययम रहेकोले भौतिक बस्तु तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा साथिभाई सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउँनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँनेछ । सोमबार दिउसोबाट समय राम्रो रहेकोले सानो प्रयत्नले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

श्रमको उचित मुल्याङकन हुनेछ । खोजिमुलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धित बिषयमा रुचि बढ्नेछ । मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ । बिशिष्ट व्याक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउँनेछ ।

बृष राशि

बुधबार साझसम्मको समय मध्ययम रहेकोले व्याक्तिगत स्वास्र्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा बिशेष सावधानि अपनाउँनुहोला । आलश्य तथा थकानको अनुभुति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछ ।

बुधबार साझबाट समय राम्रो रहेकोले धार्मिक तथा अध्यात्मिक काममा समय व्यातित गर्न पाउँदा मन शान्त रहनेछ । भाग्य तपाईको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न सकिनेछ । प्रेमिका तथा साथिभाईले सहयोग गर्ने हुनाले एक कदम अगाडि बडि प्रगति गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामको प्रशंसा हुनेछ ।

मिथुन राशि

भौतिक स्रोेत साधनको प्रयोग मार्फत व्याक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा व्यापारकै शिलशिलामा लामो दुरिको मनोरञ्जनात्मक यात्रा हुनेछ । साथिभाई तथा प्रेमीकाको सहयोग पाईनाले मन प्रशन्न रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाईको नाम आउँनेछ ।

न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिहिबारबाट समय मध्ययम रहेकोले व्यास्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महसुस हुनेछ । खानपान तथा बाहिरी बाताबरणको ध्यान दिनुहोला । गोप्यता भङग हुने तथा आफन्त सँग बिवाद बढ्नेछ ।

कर्कट राशि

साताको सुरु र अन्तको समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । घरायसि प्रयोजनका लागि भोगबिलासका सामानहरुको खरिद गर्ने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ । उपाहारका रुपमा बिलाशी बस्तु हातलागि हुनेछ ।

प्रेम सम्बन्ध सुदृड हुने तथा छुट्टिएका सम्बन्ध पुनह सुचारु हुने योग रहेकोछ । सोमबार दिउसोबाट बुधबार साझसम्मको समय मध्ययम रहेकोले न्यालयसँग सम्बन्धित काममा आज अलमल हुनेछ भने न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउँन सक्छ ध्यान दिनुहोला । स्वास्थ्यमा आउँने समस्याले खर्च बढ्ने योग रहेकोछ । आफन्त तथा मावलीसँग सैद्धान्तिक राय बाजिनेछ ।

सिहं राशि

सोमबार बिहानसम्मको समय मध्ययम रहेकोले आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिस सँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारि साधनको विषयमा विवाद गर्नुपर्ला । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचनानै धेरै हुनेछ ।

सोमबार दिउसोबाट व्यापारमा प्रशस्त फाईदा हुनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । स्थाई सम्पति तथा मन परेको सामान उपहारको रुपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायिको साथले उपलब्धिमुलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनह सुचारु हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले बौद्धिक क्षेत्र बलियो हुनेछ ।

कन्या राशि

साताको सुरु र अन्तको समय राम्रो रहेकोले राम्रा तथा परिणाममुखि काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन् । पराक्रमी क्रिर्याकलापमा भाग लिई पुरुषार्थि काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्ययमबाट सस्कार परिवर्तन गर्न तपाईको भुमिका महत्वपुर्ण रहनेछ । अध्ययनकै सवालमा यात्रा हुनेछ ।

भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ । प्रेममा नजिक हुन सकिनेछ । सोमबार दिउसोबाट राजनिति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचन गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न ।

तुला राशि

अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथिभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ ।

प्रेमिल जोडिहरुका लागि समय उत्तम रहेकोछ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । बिहिबारबाट समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनाबश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । तापनि कृषि तथा पशुपालन व्यावसायबाट लाभ उठाउँन सकिनेछ ।

बृश्चिक राशि

व्यापारबाट भनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ व्यावसायमा लगानि गर्ने अवसर जुर्नेछ । सापटि लगिएका धन तथा सम्पति फिर्ता हुने योग रहेकोछ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाइैकै पोल्टोमा पर्नेछ ।

गित संगित तथा मोडलिङ पेशा व्यावसायमा समय खर्चिनेहरुका लागि समय फलदायि रहनेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण तथा रमाईलो गर्ने अवसर जुर्नेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् । छोटो तथा रमाईलो यात्राको तय हुनेछ ।

धनु राशि

सोमबार बिहानसम्मको समय मध्ययम रहेकोले दैनिक खर्च बढ्ने तथा आर्थिक अभावले दिन गुज्रनेछ । आफन्त तथा अपरिचित व्याक्तिको बिश्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउँने तथा उपचार खर्च बढ्नेछ । सोमबार दिउसोबाट नयाँ प्रबृधिको प्रयोग मार्फत रचनात्मक काम गरि मनग्गे धन आर्जन गर्नेछ ।

आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानि बढाउँन सकिनेछ । बिछोड भएका सम्बन्धहरु पुनह सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबित बिश्वास बढ्नेछ । होटल,रेष्टुरेन्ट तथा बोलेर गर्ने पेशा व्यावसाय फस्टाएर जानेछ । साझपख मिठो भोजनका साथ रमाउँन सकिनेछ ।

मकर राशि

साताको सुरु र अन्तको समय राम्रो रहेकोले समाजमा राम्रा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने मन प्रशन्न हुनेछ । नयाँ प्रबृधिको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ ।

राजनितिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तीको योग रहेकोछ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ । सोमबार दिउसोबाट बुधबार साझसम्मको समय मध्ययम रहेकोले सापट लगिएका रकम नउठ्नाले दैनिकी असहज हुनेछ । धन तथा भौतिक सम्पति हराउँन तथा लुटिन सक्छ ध्यान दिनुहोला । तापनि लामो दुरिको बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशी सामानकोे व्यापार फस्टाएर जानेछ ।

कुम्भ राशि

स्रोत साधन जुट्नाले कार्यक्षेत्रमा राम्रा काम गरि नाम कमाउँन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुने तथा कार्य क्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ । व्यापार व्यावसाय फस्टाउनाले आम्दानि बढ्नेछ । अध्ययनमा सुधार हुने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।

माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । बिहिबारबाट समय मध्ययम रहेकोले आम्दानिभन्दा खर्च बढ्नाले आर्थिक अवस्था तथा दैनिकी प्रभावित हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । नियम संगत काम नगर्नाले दण्ड तथा जरिवाना तिुर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । तापनि लामो दुरिको बिदेश यात्रा हुने तथा बिदेशमा बसेर काम गर्नेहरुका लागि समय फलदायि रहनेछ ।

मीन राशि

साताको सुरु र अन्तको समय राम्रो रहेकोले बौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुचि बढ्नेछ । दार्शनिक बिषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानि हुनेछ ।

दाम्पत्य सुख,प्रेमसम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ । सोमबार दिउसोबाट बुधबार साझसम्मको समय मध्ययम रहेकोले कार्यक्षेत्रमा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । अनावश्यक साईनो गास्ने तथा बचन दिनेहरुबाट सजक रहनुहोला । सरकारि तथा प्रशासनिक काम गर्दा ध्यान दिनुहोला ।
तपाईको दिन शुभ रहोस ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार १६:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।